गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेन्टबाट सार्वजानिक गरिएको हो ।
वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एवं संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आवाज रहेको छ ।
चर्चित एरेन्जर सुदिप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन ।
म्युजिक भिडियोको छायाङ्कन भने उत्सव दाहालले गरेका छन् । नविन निरौलाले सम्पादन र कलर गरेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफ गरेका हुन् ।
उक्त म्युजिक भिडियोमा हरिश निरौला,उशा उप्रेती,कमल मनि नेपाल,युग्ज्योती कृयाशिल, बिना राउत,प्रकाश बस्नेत लगायत कलाकारहरुको अभिनय रहेको छ ।