२२ जेठ २०८३, शुक्रबार

कहिले बाँडफाँड हुन्छ सिंगटी हाइड्रोको आईपीओ ? यस्तो छ मेगाको तयारी

कहिले बाँडफाँड हुन्छ सिंगटी हाइड्रोको आईपीओ ? यस्तो छ मेगाको तयारी

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आउँदो शुक्रवार बाँडफाँड हुने भएको छ ।

आगामी शुक्रबार आईपीओ बाँडफाँड गर्नेगरी काम भइरहेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

मेगा क्यापिटलका अनुसार अहिले आवेदकहरुको भेरिफाई भइरहेको छ भने आगामी मंगलबार प्रि अलोटमेन्ट हुनेछ । 

कम्पनीले चैत ६ गतेदेखि प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा १६ लाख २६ हजार ९०० आवेदकले २ करोड ४७ लाख ६७ हजार ८५० कित्ता सेयर माग गर्दै आवेदन दिएका छन् ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार सबै आवेदकलाई १० कित्ता वा सोभन्दा बढी पर्ने भएमा १० ले भाग जाने गरी बराबर रुपमा बाँडफाँड गर्नुपर्ने हुन्छ । सबै आवेदकलाई १० कित्ता नपर्ने भएमा आवेदकमध्येबाट गोलाप्रथा गरी जतिलाई पुग्छ, १० कित्ताको दरले बाँडफाँड गर्नुपर्छ ।

सिंगटी हाइड्रोले सर्वसाधारणको लागि निष्कासन गरेको २६ लाख ९७ हजार कित्ता आईपीओ गोलाप्रथाबाट १० कित्ताको दरले भाग लगाउँदा २ लाख ६९ हजार ७०० आवेदकले सेयर पाउनेछन् । 

बाँकी रहेका साढे १३ लाखभन्दा बढीको हात खाली हुने कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्