१२ असार २०८३, शुक्रबार

अध्यक्ष तिमिल्सिना र यूएनएचसीआर नेपाल प्रतिनिधि वर्माबीच भेट

अध्यक्ष तिमिल्सिना र यूएनएचसीआर नेपाल प्रतिनिधि वर्माबीच भेट

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालस्थित शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भेटघाट गरेका छन् ।

सिंहदरवारस्थित कार्यकक्षमा शुक्रवार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यूएनएचसीआरले विश्वभरका शरणार्थी र राज्यविहिन व्यक्तिको हकका लागि गरिरहेको कामप्रति आभार व्यक्त गरे ।

यस संस्थाले स्थापना कालदेखि विश्वभर छरिएर रहेका करिब ५ करोड शरणार्थीलाई सहयोग गरेको जानकारी पाउँदा खुसी लागेको उनले बताए ।

'नेपालमा रहेका १ लाख १३ हजार ५०० भुटानी शरणार्थीको अन्य आठ देशका पुनर्वास गरिएको छ,' अध्यक्ष तिमिल्सिनाले भने, 'यसका लागि यूएनएचसीआरको भूमिकाप्रति धन्यवाद दिन चाहन्छु। अब नेपालमा करिब १९ हजार शरणार्थी रहेका छन्, यहाँहरुको व्यव्थापनमा पनि यहाँहरुको पक्कै ध्यान पुगेको होला।'

अध्यक्ष तिमिल्सिनाले कोरोना-१९ र अन्य स्वास्थ्य समस्यामा परेका शरणार्थीको सेवामा समेत उच्च आयुक्तको कार्यालयले गरेको कामको प्रशंसा गरे।

भेटमा उच्चायुक्त कार्यालयका नेपाल प्रतिनिधि स्पानुथ वर्माले शरणार्थी व्यवस्थापनमा नेपाल सरकारले खेलेको सकारात्मक भूमिकाप्रति आभार व्यक्त गरे।

नेपाल सरकारले शरणार्थीलाई पनि नेपाली सरह शिक्षा, स्वास्थ्यलगायतका सेवा दिएकोमा संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरे।
 

salt training

कमेन्ट गर्नुहोस्