२३ जेठ २०८३, शनिबार

मिस्टर सुबोधको 'कान्छी' सार्वजनिक [भिडियोसहित]

मिस्टर सुबोधको 'कान्छी' सार्वजनिक [भिडियोसहित]

गायक मिस्टर सुबोधको 'नीलो आकाश' एल्बममा समावेश 'कान्छी' बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा गायक मिस्टर सुबोध र बोसन ब्याण्डका सुवास राईको शब्द तथा कल्याण सिंहको संगीत सुन्न सकिन्छ ।

भिडियोमा लक्ष्मन पुन, रोशनी थापा, नविन सापकोटा, चन्द्रा थापा, दीपक सुवेदी, धर्मेन्द्र पुर्जा, प्रकाश कदेलको अभिनय छ ।

लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द विष्टले खिचेका हुन् ।

भिडियोको सम्पादन निर्देशक पुनले नै गरेका हुन् भने कलर करेक्सन दिपेश चौधरीले गरेका छन् ।

भिडियोको सम्पूर्ण छायांकन जापानमा गरिएको छ ।

गायक सुबोध 'कान्छी' अडियो तथा भिडियो दुवै पक्षबाट उत्कृष्ट बनेको र यसले धेरैको मन जित्न सक्ने बताउँछन् ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्