०१ असार २०८३, सोमबार

घरमा बालेको आगो सल्किँदा जलेर वृद्धाको मृत्यु

चैत २०, २०७७
घरमा बालेको आगो सल्किँदा जलेर वृद्धाको मृत्यु

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ मा जलेर १ वृद्धाको मृत्यु भएको छ ।

घरको पालीमा सुतिरहेको बेला छेउमै बालेको आगो सल्किएर ६८ वर्षीया सोमती रानाको शुक्रवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

‘वृद्धा जलेको जनप्रतिनिधिले खबर गरेपछि घटनास्थल प्रहरी पुगेको थियो,’ उनले भने, ‘वृद्धाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्