
नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहका ११ नेताले संयुक्त वक्तव्य निकाल्दै पार्टी अध्यक्ष केपी ओलीको चर्को आलोचना गर्दै पार्टीका ४ नेताहरुमाथि भएको कारबाहीको विरोध गरेका छन् ।
विज्ञप्तिमा ओलीबाट देश, जनता र पार्टीको हित विपरितका क्रियाकलाप भएको भन्दै पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढताका साथ एकताबद्ध रुपमा संगठित भइ देशव्यापी रुपमा सक्रिय हुन नेता कार्यकर्तामा सो समूहले विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।


