
प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–१ बस्ने २३ वर्षीय याम बहादुर बिसी र २२ वर्षीय कमल खड्का सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका १ को वडा कार्यालयबाट चैत १४ गते ३ थान कम्प्युटरको सिपियू सहित अन्य सामग्रीहरु चोरी भएको घटनाको अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीले चोरी भएका सामानहरु याम बहादुरको घरबाट बरामद गरेको थियो ।
उक्त घटना पश्चात भागी फरार रहेका याम बहादुर र कमल समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरू माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।