२१ जेठ २०८३, बिहीबार

बसाइँसराइ रोक्न नयाँ योजना

चैत २०, २०७७
बसाइँसराइ रोक्न नयाँ योजना

तनहुँ । बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि तनहुँको बन्दीपुर गाउँपालिकाले नयाँ योजना ल्याएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ गर्ने प्रक्रियाले गाउँ रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो ।

गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, होम स्टे सञ्चालन र सीपमूलक तालीमको व्यवस्था गर्दै आएको बन्दीपुर गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्तर्गतका ६ वटा वडामा दश वटा होम स्टे सञ्चालन हुँदै आएका छन् । सो गाउँपालिका–२ चण्डिनी पिपलथोकस्थित बन्दीपुर सामुदायिक होम स्टे २२ जना महिला मिलेर सञ्चालन गर्दै आएको  होम स्टेकी सचिव माया सुनारले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्