फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
लुम्बिनी प्रदेशका क्षमतावान नेत्रीमध्येकी एक हुन् रुपन्देहीकी जागेश्वरी चौधरी । थारू समुदायका नेत्रीमा उनको नाम प्रदेशमै पहिलो नम्बरमा आउँछ । उनी जत्तिको वाक कला, नेतृत्व क्षमता, समाजसेवा सायदै अरू नेत्रीमा होला ।
राजनीतिमा निरन्तरको क्रियाशीलता, समर्पण र त्यागले नै उनलाई अहिलेको अवस्थामा ल्याएको छ । भाषण सुनेर उनको प्रशंसा नगर्ने कमै हुन्छन् । आफ्ना कुरालाई निकै प्रभावकारी ढंगले राख्ने क्षमता उनमा छ ।
मुलुककै चर्चामा रहने नगरपालिका हो तिलोत्तमा । यहीँ तिलोत्तमा नगरपालिकाको उपप्रमुख हुन् जागेश्वरी । राजनीतिक रूपमा उनी नेकपा एमाले रुपन्देहीको सचिव हुन् । पार्टीको महत्त्वपूर्ण जिम्मेवारी र स्थानीय सरकारको नेतृत्वमा रहेकी नेत्री चौधरी थारु समुदायबाट उठेर आफ्नो पहिचानलाई स्थापित गराउने साहसी संघर्षशील नारी हुन् ।
केही दिनअघि तिलोत्तमा नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिकाको रूपमा पुरस्कृत भयो । तिलोत्तमा मुलुककै उत्कृष्ट नगरपालिकाको रूपमा पुरस्कृत हुनुमा उनको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ ।
जागेश्वरीको नागरिकताको नाम जगेश्वरदेवी चौधरी हो । तर उनी जागेश्वरी नामबाट परिचित छन् । उनको जन्म हालको तिलोत्तमा–१४ (साविक टिकुलिगढ–७) मा बुवा सर्वजीत थारु र आमा फूलरानी थारुको कोखबाट विक्रम संवत् २०३१ सालमा भएको हो । प्रावि तहसम्मको अध्ययन स्थानीय जनता माविबाट गरेकी उनी मावि तहको अध्ययनको लागि पश्चिम अमवास्थित जनता माविमा पुगिन् । त्यहीँबाट उनको विद्यार्थी राजनीति शुरू भयो ।
अनेरास्ववियूको राजनीतिमा सक्रिय रहँदै गर्दा उनी २०४६ सालको जनआन्दोलनमा सहभागी भइन् । ‘डण्डीवाला साइकलमा २ जना साथीलाई राखेर कहिले छपिया, कहिले पर्रोहा, कहिले रामापुरसम्म अनेरास्ववियूको कार्यक्रममा पुगिन्थ्यो,’ जागेश्वरीले विगतमा गरेको विद्यार्थी राजनीति सम्झिन् ।
परिवारिक पृष्ठभूमि नै कम्युनिस्ट राजनीतिको रहेकाले उनलाई सक्रिय राजनीतिमा होमिन कसैको थप प्रेरणा चाहिएन । उनको घर कम्युनिस्ट नेताहरूको सेल्टर थियो । अहिलेका नेकपा एमालेका कतिपय शीर्ष नेताहरू उनको घरमा सेल्टर लिन्थे । उनका काका अनरजीत थारु राजनीतिमा उत्तिकै सक्रिय, बुवा २०४९ सालका निर्वाचित वडाध्यक्ष । यहीँ पृष्ठभूमिले उनलाई राजनीतिमा डोर्यायो ।
जागेश्वरीको २०४९ सालमा तत्कालीन गंगोलिया–१ का रोहितप्रसाद चौधरीसँग विवाह भयो । अक्सर नेत्रीहरू विवाहपछि परिवार सम्हाल्नेतिर लाग्दा राजनीति गर्न भ्याउँदैनन् । तर उनले बुहारीको जिम्मेवारी सम्हालिन् तथापि राजनीतिलाई छाडिनन् ।
गंगोलियमा उनको राजनीति पार्टीको वडा सचिवबाट शुरू भयो । गाउँ कमिटी सदस्य, उपसचिव हुँदै उनले नेकपा एमाले गंगोलिया गाउँ सचिव भएर २०५९ देखि २०६३ सालसम्म काम गरिन् । यसबीचमा उनले पार्टीको ईलाका सदस्यको जिम्मेवारी पनि सम्हालिन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) को गाउँ कमिटी अध्यक्ष, अनेमसंघको जिल्ला सदस्य, जिल्ला कोषाध्यक्ष हुँदै उनी केन्द्रीय सदस्यसम्म भइन् । उनले लोकतान्त्रिक थारु संघको केन्द्रीय सदस्यको रूपमा समेत काम गरेकी छन् ।
२०६३ सालबाट नेकपा एमाले रुपन्देहीको ३ कार्यकाल जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य भएकी उनी २०७२ सालमा जिल्ला सचिवको नेतृत्व सम्हाल्न पुगिन् । नेत्री चौधरीको नाम २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेको समानुपातिक उम्मेदवारको सूचीमा थियो । तर उनले जिम्मेवारी प्राप्त गर्न भने सकिनन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले तिलोत्तमा नगरपालिकाको उपप्रमुखको टिकट पाइन् र सानदार जीत हाँसिल गरिन् ।
जागेश्वरीको जीवनमा राजनीति र समाज सेवाबाहेक अरु थोक केही छैन । उनले जीवनमा कमाएको पनि यहीँ मात्र हो । कुनै समय उनले व्यावसायिक रूपमा सिलाइकटाईको काम नगरेकी होइनन् । उनी सिलाइकटाईको प्रशिक्षक समेत हुन् तर राजनीतिको ‘लोड’ भएपछि उनले त्यसलाई चटक्कै छाडिन् ।
विवाह हुँदाताका उनका पति पनि राजनीतिमै सक्रिय थिए । तर विवाहपछि उनी आफू ‘ब्याक’ भएर पत्नीलाई राजनीतिमा अघि सारे । जागेश्वरीको राजनीतिक यात्रालाई अहिलेको अवस्थामा ल्याइपुर्याउन पतिको गर्विलो साथ, समर्थन र सहयोगको उत्तिकै भूमिका छ । ‘उहाँले (पति) म घर सम्हाल्छु । तिमीले फुल्ली राजनीति गर भन्नुभयो । त्यसले मलाई अघि बढ्न थप प्रेरणा मिल्यो ।’ जागेश्वरी भन्छिन्, ‘श्रीमानको पूर्णसाथ नपाएको भए सायदै म यो ठाउँमा हुने थिएँ ।’
नगर उपप्रमुखको रूपमा उनी बिहानैदेखि जनताको काममा हिँड्नुपर्छ । साँझ घर फर्किने ठेगान हुँदैन । कहिले कुन वडामा पुग्नुपर्छ, कहिले कुन वडामा । तर परिवारमा उनी विना केही रोकिँदैन । किनकि उनका पतिले सबै सम्हालेका छन् । जागेश्वरी १ छोरा र १ छोरीकी आमा हुन् । एउटी नातिनी पनि छन् ।
तत्कालीन समयमा थारु समुदायमा जमिन्दारी प्रथा थियो । त्यसको अवशेष अझै पनि बाँकी देखिन्छ । जमिन्दारसँग कोही बोल्न सक्दैन्थ्यो, उसको अगाडि परेर हिँड्ने आँट कसैको हुँदैन्थ्यो, जमिन्दारको घरमा विना पारिश्रमिक काम गर्नुपर्ने बाध्यता गरीबहरूको थियो । जमिन्दारहरूले गरीबलाई गर्ने यस्तो विभेद, थिचोमिचोले जागेश्वरीको मन भत्भती पोल्थ्यो । यस्तो विभेदको अन्त्य राजनीतिबाट सम्भव छ भन्ने कुरा उनले बुझेकी थिइन् । ‘यहीँ कारण मैले राजनीतिलाई छाड्न सकिनँ,’ उनले भनिन् ।
जागेश्वरीले राजनीति थाल्दाको समाज र अहिलेको समाजमा धेरै परिवर्तन आएको छ । उनी त्यो परिवर्तनको अनुभव आफैंले पनि गरेकी छन् । मानिसको चेतनास्तरमा व्यापक परिवर्तन आइसकेको उनको बुझाइ छ । तर सीमान्तकृत, पछाडि पारिएको वर्ग–समुदायको उत्थानको लागि गर्नुपर्ने काम अझै बाँकी रहेको उनको भनाइ छ ।
समाज सेवामा लागिरहँदा जागेश्वरीले प्राप्त गरेको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि आत्मसन्तुष्टि हो । सामाजिक परिवर्तनमा प्रतिबद्ध भएर लागेकी उनले कयौंको भाग्य कोरिदिएकी छन् । विद्यालयको पहुँचबाट बाहिर रहेका बालबालिकालाई विद्यालय पठाउने, प्रौढ शिक्षा पढाएर महिलालाई लेख्न/पढ्न सक्ने गराउने, आर्थिक अभावमा रोगबाट पल्सिएकालाई उपचारको व्यवस्था मिलाउने, घरेलु हिंसामा परेका महिलालाई न्याय दिलाउने, गाउँघरमा विभिन्न तालिमका कार्यक्रम ल्याएर कयौं महिलालाई स्वरोजगार बनाउने काम उनले गरेकी छन् ।
महिलालाई संगठित गर्ने, उनीहरूलाई चुलो–चौकोबाट बाहिर ल्याई सामाजिक संघ–संस्थामा आबद्ध गराउने काममा उनको ठूलो भूमिका छ ।
जागेश्वरी तिलोत्तमा नगरपालिकाको उपप्रमुख भइरहँदा न्यायिक समिति संयोजक समेत हुन् । योजनाको अनुगमन, बजेट निर्माण, कार्यालयमा हुने नियमित कामकाजको अतिरिक्त उनले न्यायिक समितिमा आउने मुद्दालाई समेत हेर्नुपर्ने हुन्छ । न्यायिक समितिमा आएका मुद्दालाई सकेसम्म मिलाउने उनको प्रयन्न उनको रहन्छ । सामाजिक न्याय र विधि स्थापित गराउने काममा उनी दृढ संकल्पित भएर लागिरहेकी छन् ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...