३२ असार २०८३, बिहीबार

१ सय ६५ सडक शिलान्यासपछि प्रधानमन्त्री ओलीको ट्वीट : यसले कृषि, उद्योग र जनताको आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याउँछ

१ सय ६५ सडक शिलान्यासपछि प्रधानमन्त्री ओलीको ट्वीट : यसले कृषि, उद्योग र जनताको आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याउँछ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिलान्यास गरिएका १ सय ६५ वटा सडक पूर्वाधारहरूले मुलुकको आर्थिक विकासमा दूरगामी प्रभाव पार्ने बताएका छन् । 

सडक शिलान्यासपछि सामाजिक सञ्जाल ट्वीटरमा शनिवार दिउँसो ट्वीट गर्दै उनले यी सडकहरुले सडक सञ्जाललाई देशको राजधानी, प्रदेशिक राजधानी, जिल्ला सदरमुकामलाई राष्ट्रिय राजमार्गसँग तथा देशभित्रका अन्य आर्थिक, व्यापारिक र पर्यटकीय केन्द्रसँग जोड्ने बताएका छन् । 

उनले भनेका छन्,'आज हामीले पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण र मुलुकको सामाजिक तथा आर्थिक विकासमा दूरगामी प्रभाव पार्ने १६५ वटा निर्वाचन क्षेत्रस्तरीय रणनैतिक सडक पूर्वाधारहरुको एकैपटक शुभारम्भ गरेका छौँ ।
यी सडकहरुले सडक सञ्जाललाई देशको राजधानी, प्रदेशिक राजधानी, जिल्ला सदरमुकामलाई राष्ट्रिय राजमार्गसँग तथा देशभित्रका अन्य आर्थिक, व्यापारिक र पर्यटकीय केन्द्रसँग जोड्नेछन्।यस कार्यक्रम अन्तर्गत देशका प्रत्येक निर्वाचन क्षेत्रमा गरी थप २२१० किलोमिटर डबल लेनका सडक कालोपत्रे हुनेछन् ।'

प्रधानमन्त्री ओलीले यी सडकहरूको निर्माणसँगै कृषि, उद्योग र जनताको आर्थिक जीवनमा ठूलो परिवर्तन आउने बताएका छन्।

उनले भनेका छन्,'हामी विकासको मार्गमा गतिसाथ अघि बढिरहेका छौँ र कार्यतदारुकताका साथ यस कार्यक्रमलाई पनि निर्धारित समयमै सम्पन्न गर्नेछौँ। यसले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।'

salt training

कमेन्ट गर्नुहोस्