×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय पदक विजेता सुरेश सुकुम्बासी बस्तीमै

चैत २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रिङमा थिए भारतीय बक्सर मनोज पिङ्ले । स्वर्णको अपेक्षामा नेपाली बक्सर सुरेश मल्ल ठकुरी प्रतिस्पर्धामा अगाडि बढे । सुरेश त्यसबेला मात्र २० वर्षका थिए । खेल थियो चौथो साफ च्याम्पियनशीप ।

Muktinath Bank

नेपालको प्रतिनिधित्व गर्दै उनी आजभन्दा ३२ वर्षअघि  पाकिस्तानको राजधानी इस्लामावादमा साफ खेल्न गएका थिए । क्वार्टरफाइनलमा सुरेशले बंगलादेशका खेलाडीलाई पाखा लगाइसकेका थिए । त्यसपछि पुगे सेमिफाइनलमा । सेमिमा पाकिस्तानी अर्का खेलाडीको चुनौती समाप्त पार्दै उपाधि नजिक पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिलोज्यान लगाएर सुरेश भारतकै टप बक्सर मनोजसँगको प्रतिस्पर्धामा उत्रिएका थिए । बेन्टम क्याटगोरी (५२ देखि माथि ५४ वर्षभन्दा तल तौल समूह) को खेल थियो त्यो । ३ चरणको फाइनलमा खेल २०/१९ को भयो । अहिलेजस्तो कम्प्युटराज्ड सिस्टम थिएन । कलमकै भरमा अंक चढ्थ्यो ।


Advertisment
Nabil box
Kumari

आफ्नो पक्षमा २० को खेल भएको दाबी गरेका सुरेशले देशको लागि स्वर्ण चुम्ने उत्कृष्ट अपेक्षा गरेका थिए । तैपनि निर्णायकले भारतीय खेलाडीको पक्षमा जीत दिलायो । सुरेश रजतमा सीमित भए । 

Vianet communication
Laxmi Bank

खेल हेरिरहेका दर्शकलाई चित्त बुझेनछ, उनीहरूले निर्णायकविरुद्ध ‘प्रोटेस्ट’ हाले । त्यसबेलाको घटना अहिले पनि सुरेशलाई झल्झली याद आउँदो रहेछ । 

उमेरले ५१ वर्षमा हिँडिरहेका सुरेश अहिले पनि यही खेलसँग पौंठेजोरी खेलिरहेका छन् । अहिले उनी खेलाडी हैनन्, प्रशिक्षकको भूमिकामा आफूजस्तै थुप्रै खेलाडी उत्पादन गरिरहेका छन् । 

पोखरा रंगशालामा प्रशिक्षणका क्रममा लोकान्तरसँग सुरेशले भने, ‘चौथो साफमा निष्पक्ष रूपमा निर्णय गरी मेरो पक्षमा स्वर्ण भइदिएको भए जीवनमै कायापलट हुन्थ्यो । स्वर्ण अक्षरले नाम लेखिन्थ्यो ।’ 

सुरेशले चौथो मात्र होइन, पाँचौं साग पनि खेले । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित पाँचौ साउथ एसिया फेडेरेसन गेम्स १९९१ मा उनको नाममा कास्य पदक छ । नेपालमै सन् २०१९ मा भएको १३ औं सागमा भने उनी प्रशिक्षक थिए । 

सन् १९८९ मा इन्डोनेसियामा आयोजित १२ औं प्रेसिडेन्ट कप इन्टरनेसनल एमेच्युर बक्सिङ टुर्नामेन्ट–१९८९ मा उनले भाग लिने अवसर पाएका थिए । त्यसबेला विभिन्न क्याटागोरीमा नेपालबाट ९ जना मात्र खेलाडी छानिएका थिए तर उनीसहित प्रचण्ड शर्माले मात्र गरी कास्य पदक देशका लागि भित्राए । यो पनि सुरेशका लागि अहिलेसम्मकै सुखद क्षण भएको बताउँछन् ।  

खेलकुद क्षेत्र राष्ट्रिय एकताको प्रतीक हो । राष्ट्रको झण्डा बोकेर पसिना बगाउने खेलाडीहरूलाई उचित सम्मान तथा हौसला प्रदान गरिनुपर्छ । तर देशका लागि जीवन नै बक्सिङ खेलमा समाहित गरेका यी सुरेश मल्ल हालसम्म पनि सुकुम्बासी बस्तीमै सीमित छन् ।

‘जीवन नै यही खेलमा गयो । अहिलेसम्म पनि रिङमै भेटिन्छु । नयाँ नयाँ खेलाडीलाई प्रशिक्षण दिनमै व्यस्त छु,’ उनले गुनासो गर्दै भने, ‘विदेशमा राष्ट्रको लागि कुनै पनि पदक जितेपछि खेलाडीको जीवनकै एकाएक फेरिन्छ । आर्थिक स्थिति सुध्रिन्छ । तर नेपालमा खेलमा भविष्य देखेर लागिपर्नेहरूको लागि कहिल्यै पनि सम्भावना भएन ।’

पोखरा रंगशालामा उनले बिहान र बेलुका गरी करीब ४० जनालाई बक्सिङ प्रशिक्षण दिने गरेका थिए । कास्की जिल्ला बक्सिङ संघमार्फत प्रशिक्षण दिने सुरेश मात्र हुन् । २२ वर्षदेखि निरन्तर बक्सिङ प्रशिक्षण गर्दै आएका सुरेशले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीलाई पदक जिताउन सफल भएका छन् । सातदोबाटोमा आयोजित प्रथम यू–१९ महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता २०७६ मा उनले प्रशिक्षित गरेको गण्डकीको टीम च्याम्पियन बनेको थियो । त्यसबेला गण्डकीले ३ स्वर्ण, २ रजत र ३ कास्य जितेको थियो । 

भारतको पटियालामा डिप्लोमा इन बक्सिङ कोर्स लिन सफल प्रियंका बर्माका प्रशिक्षक उनै सुरेश हुन् । उनको परिचय अहिले रेफ्री जज हो । परेको बेला रेफ्री र जज दुवै भ्याउँछन् । 

कक्षा छाडेर बक्सिङमा

२०४२ सालतिरको कुरा हो । त्यसबेला सुरेश १० कक्षा पढ्थे । पोखरा–९ नयाँबजारस्थित नवप्रभात माविसम्म पुग्न रंगशाला हुँदै जानुपथ्र्यो । पोखरा–१० रामबजारमा भाडाको कोठामा बस्थे ।

स्कूल आउजाउ गर्दा रंगशालामा बक्सिङ खेलेको देखिरहन्थे । मानिसहरू आपसमा हानाहान गर्ने खेल देखेर उनी अचम्मित पर्थे । १ दिन कक्षा छोडेर रंगशाला छिरे । हेर्र्दै र बुझ्दै जाँदा उनी पनि यसप्रति आकर्षित भए । सिक्ने हुटहुटी जाग्यो । विद्या मर्सानीले उनलाई ४–५ दिनको कक्षा दिए ।
 
बुटवलमा आयोजित ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०४४ खेल्ने अवसर पाए । किनकि उनले पोखरामा छनोटमा रजत जितेका थिए । त्यसपछि क्लोज क्याम्प बसे । क्रमशः विभिन्न प्रतियोगितामा भाग लिँदै गए । १९८८ मा काठमाडौंमा आयोजित चौथो आमन्त्रित बक्सिङ च्याम्पियनशीपको स्वर्ण पनि उनकै नाममा छ । उनी फेदर वेट (५४ भन्दा माथि ५७ भन्दामुनि) मा प्रथम हुन सफल भएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित पाँचौं साउथ एसिया फेडेरेसन गेम्स १९९१ मा कास्य पदक हासिल गरेका उनले १९९४ मा जापानको हिरोसिमामा आयोजित १२ औं एसियन गेम्समा नेपालको तर्फबाट सहभागिता जनाएका थिए । १९९० मा बेइजिङमा आयोजित ११ औं एसियन गेम्समा पाँचौं स्थान हासिल गरे । सोही उपलब्धिमार्फत उनी बैंककमा सातौं वल्र्ड कपमा भाग लिने अवसर पाएका थिए ।

हाल पाँचौं पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट प्रशिक्षकको मनोनयन सूचीमा उनी परेका छन् । नाच्न सिपालु उनी बरोबर टिकटकमा पनि भेटिन्छन् ।

अहिलेसम्म सुकुम्बासी बस्तीमै

राष्ट्रका लागि यतिधेरै पदक ल्याएर योगदान पुर्‍याएका सुरेशको जीवन सुकुम्बासी बस्तीमै सीमित छ । उनी पोखरा महानगरपालिका–७ घारीपाटनस्थित सुकुम्बासी बस्तीमा वर्षौदेखि बस्दै आएका छन् । परिवारमा आमा र पत्नी छन् । १ छोरीको बिहेदान भइसकेको छ । बुवा भारतीय सेनाका लाहुरे थिए । उनको धेरै पहिले निधन भएपछि परिवारको बागडोर सम्हाल्ने जिम्मा उनको काँधमा आइपरेको हो ।

‘काम नगरी हातमुख जोर्दैन, जानेको यहीँ खेल हो,’ उनले गुनासो गरे, ‘जीवनभर खेलमा समर्पितहरूलाई राज्यले पनि हेर्नुपर्ने हो ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x