
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गर्नु सराहनीय भएको बताएका छन् ।
डा. भट्टराईले अरू प्रतिपक्षी दलहरूले पनि आफ्नो कर्तव्य भुल्न नहुने बताएका छन् ।
उनले भनेका छन्, आफ्ना दलका फरक फरक एजेन्डा हुन्छन् तर ती सबैभन्दा माथि देश, जनता र लोकतन्त्रको आवश्यकता प्राथमिकता हुन्छ ।
डा. भट्टराईले आजको दिनमा मुख्य प्राथमिकता प्रधानमन्त्री ओलीको बिदाई नै भएको बताएका छन् ।
उनले भनेका छन्,‘आजको दिनको मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाई नै हो है ।’
यता, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. भट्टराईलाई सम्बोधन गर्दै अब जसपामा पनि एकताबद्ध र प्रष्ट निर्णय गर्ने क्षमता प्रस्तुत गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्,'प्रष्ट निर्णय गरेका छौं l कांग्रेसको प्रशंसा गर्नुभयो, धन्यवाद छ l अब कांग्रेसले जस्तै एकताबद्ध र प्रष्ट निर्णय जसपामा गर्ने क्षमता प्रस्तुत गर्नोस् , तब बन्नेछ नयाँ समीकरण l'
संकेत होइन श्रदेय @brb1954 ज्यु,
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 3, 2021
प्रष्ट निर्णय गरेका छौं l कांग्रेसको प्रशंसा गर्नुभयो, धन्यवाद छ l अब कांग्रेसले जस्तै एकताबद्ध र प्रष्ट निर्णय जसपामा गर्ने क्षमता प्रस्तुत गर्नोस् , तब बन्नेछ नयाँ समीकरण l!
ट्विटर मन्थन केहिदिनलाई यतिमै छाडेर आन्तरिक अभ्यासमा लाग्ने कि कमरेड ? https://t.co/jukpYEgKZy