कलाकार दिनेश थापाको टिमले ल्यायो लोकदोहोरी गीत ‘हत्ते नहाल’

पुर्वेली लोकभाका फ्युजनसहित लोकदोहोरी गीत ‘हत्ते नहाल’ सार्वजनिक भएको छ ।

लोकप्रिय गायक तथा मोडल दिनेश थापा, लोकप्रिय गायिका भावना आचार्य र कामना वलीको सहकार्यमा नयाँ लोकदोहोरी गीत गरिएको हो । यस भिडियोलाई गायक थापाको यूट्यूब च्यानलमार्फत बिहीबार साँझ सार्वजनिक गरिएको हो ।


Advertisement

गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । यस गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा गायक थापासँग अञ्जली अधिकारीको फिचर्ड गरिएको छ । अनिल के. मानन्धरको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । दिनशन शाहको भिडियो सम्पादन रहेको यस भिडियोमा गोदाबरी रिसोर्ट वरिपरिको दृश्यलाई कैद गरिएको छ ।


Advertisement

गायिका भावना आचार्यको चर्चित गीतहरु बग्ने खोला बगी गो, माया बस्ला फेरि, जब माया नजिकै लगायतका गीतहरु बजारमा आइसकेका छन् ।

त्यस्तै गायक थापाको स्वरमा बोली नफेर, पानी मिठो कलकल कुवाको लगायतका दर्जनौं गीत रहेका छन् भने उनको मोडलिङमा पनि दर्जनौं गीतहरु बजारमा उपलब्ध छन् । त्यस्तै कामना वलीका पनि धेरै गीत बजारमा आइसकेका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्