३० असार २०८३, मंगलबार

आहा रारा गोल्डकपमा एपीएफको विजयी शुरूआत

आहा रारा गोल्डकपमा एपीएफको विजयी शुरूआत
प्रतिकात्मक तस्वीर

विभागीय टोली एपीएफले आयोजक सहारा क्लबमाथि १–० को जीत निकाल्दै पोखरामा सम्पन्न १९ औं आहा रारा गोल्डकप फूटबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ ।

पोखरा रंगशालामा शनिवार भएको खेलमा एपीएफले खेल सकिन ३ मिनेट बाँकी रहँदा आशिष लामाको गोलबाट अग्रता लिँदै शनिवारबाट शुरू भएको प्रतियोगितामा विजयी शुरूआत गरेको हो ।

पहिलो जीतसँगै विभागीय टोली एपीएफले आयोजकलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको छ । २ वर्षअघि पनि सहारालाई उद्घाटन खेलमै पराजित गरेर अघि बढेको एपीएफले फेरि एकपटक सहारालाई स्तब्ध बनाउँदै अन्तिम ४ मा प्रवेश गरेको हो ।

निकै रोमाञ्चक बनेको खेलमा आयोजक सहारा र एपीएफले गोलरहित बराबरी खेलेका थिए । ८७ औं मिनेटमा आशिष लामाको निर्णायक गोलमा एपीएफले सहारालाई १–० ले पराजित गर्दै जीत आत्मसात गर्न सफल भएको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा प्रदीप लामाले डिबक्सभित्र अवसर दिएको बललाई आशिष लामाले जाली चुमाउन सफल भएका थिए । अन्तिम ४ मा स्थान बनाएको एपीएफल अब सेमिफाइनलमा मनाङ र संकटाबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आइतवार मच्छिन्द्र क्लब र अफ्रिकन युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । सहारा क्लबले गोल्डकपको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय फूटबल टीमका सदस्य अभिषेक रिजाललाई सर्वोत्कृष्ट खेलाडीबाट सम्मान पनि गर्‍यो । रिजाललाई नगद ३५ हजारसहित सम्मान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्