२५ जेठ २०८३, सोमबार

पेट्रोलको मूल्य लिटरमा १२० रुपैयाँ पुग्यो

पेट्रोलको मूल्य लिटरमा १२० रुपैयाँ पुग्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालन समितिले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
जसअनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । निगमले रु २ बढाएको पेट्रोलको मूल्य १२० रुपैयाँ बनाएको हो ।

यसैगरी डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु २ बढेर १०२ रुपैयाँ पुगेको छ ।
एलपी ग्यास र हवाइ इन्धनको मूल्य खुद्रा विक्री मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्