२६ जेठ २०८३, मंगलबार

भारतमा कोरोना संक्रमणमा नयाँ रेकर्ड, पहिलोपटक एकै दिन भेटिए १ लाखभन्दा बढी संक्रमित

भारतमा कोरोना संक्रमणमा नयाँ रेकर्ड, पहिलोपटक एकै दिन भेटिए १ लाखभन्दा बढी संक्रमित

भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

पहिलोपटक २४ घण्टाको बीचमा १ लाख ३ हजार ५ सय ५८ नयाँ संक्रमित फेला परेको भारतीय मिडियाहरूले जनाएका छन् । 

आजतकले जनाएअनुसार यो आंकडा राज्य सरकारहरूले जारी गरेको आंकडाको योगफल हो । केन्द्रीय सरकारले एकीकृत तथ्यांक सार्वजनिक गर्न भने बाँकी छ । 

कोरोनाको पहिलो वेभमा पनि भारतमा यति धेरै संक्रमित फेला परेका थिएनन् ।

यसअघि सबैभन्दा धेरै संक्रमित १६ सेप्टेम्बर २०२० मा ९७ हजार ८ सय ९४ जना भेटिएका थिए ।

यसपटक भारतमा कोरोना अघिल्लो वर्षभन्दा निकै खतरनाक ढंगले बढिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्