
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–६ सेराफाँट गोरखालीपुल नजिकबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको ३ थान छालासहित सोही नगरपालिका गात्तिगौडा बस्ने पाँचथर नगी गाउँपालिका–१ घर भएका २८ वर्षीय सन्देश लिम्बुलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले लिम्बुलाई छालासहित फेला पारी उनलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।