२३ जेठ २०८३, शनिबार

सेनाले लगायो पुराना भएका जङ्गे पिल्लरमा रंग

सेनाले लगायो पुराना भएका जङ्गे पिल्लरमा रंग

दोलखामा रहेको जङ्गे पिल्लरमा नेपाली सेनाले रंग लगाएको छ । 

पुरानो भएर मेटिएको नेपाल–चीन सिमानामा रहेको ५९ नम्बरको पिल्लरमा रंग लगाएको नेपाली सेनाले जनाएको छ । 

दोलखा जिल्लामा तैनाथ तारादल गणले चैत्र २ गतेदेखि २१ गतेसम्म दोलखा जिल्लामा पर्ने नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा ईलाकामा रहेका सीमा स्तम्भको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरी मेटिएका अक्षर र नम्बरमा रंग लगाउने कार्य गरेको सेनाले  बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्