०४ साउन २०८३, सोमबार

आहारारा गोल्डकप फूटबलमा डिफेन्डिङ च्याम्पियन मनाङ पराजित

आहारारा गोल्डकप फूटबलमा डिफेन्डिङ च्याम्पियन मनाङ पराजित

डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब १९ औं आहारारा गोल्डकप फूटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । 

पोखरा रंगशालामा सोमवार तेस्रो क्वार्टरफाइनलमा मनाङको चुनौती संकटा क्लबले १–० ले पन्छाउन सफल भएको हो ।

खेलमा संकटाका लागि अफ्रिकन खेलाडी फोफोना नायक बने । खेलको ४४ औं मिनेटमा उनले बललाई विपक्षीको गोलपोस्टको जाली चुमाउन सफल भएका थिए ।

पहिलो हाफको अन्त्यतिर मनाङले लिएको १–० को अग्रता निर्धारित ९० मिनेटसम्म कायम हुँदा संकटाले साविक विजेता मनाङलाई घर पठाउन काफी भएको थियो । 

खेलमा अमित तामाङले फ्रिकिकलाई मैदानको दायाँ भागमा सुवास गुरुङलाई पास उपलब्ध गराएका थिए । सोही बल मनाङका खेलाडीबाट फर्केको बल फोफोनालाई गोलको अवसर जुरेको हो ।

प्रतियोगितामा फोफोना म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार जिते । जितसँगै संकटाले पहिलो सेमिफाइनल खेल एपीएफ क्लबसँग खेल्ने छ । 

सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा मनाङ ६ पटकको च्याम्पियन हो । मंगलवारको खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्