०६ असार २०८३, शनिबार

विभिन्न स्थानबाट चोरीका ७ मोटरसाइकल बरामद

विभिन्न स्थानबाट चोरीका ७ मोटरसाइकल बरामद
फाइल तस्बिर

कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले आज चोरीका सात वटा मोटरसाइल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बरामद मोटरसाइल रु सात लाख २५ हजार मूल्य बराबरका रहेका छन् ।

नक्कली नम्बरप्लेट राखेर चलाउँदै आएका व्यक्तिबाट मोटरसाइल बरामद गरिएको उहाँले बताउनुभयो । चोरीको मोटरसाइल चढ्ने फरार रहेकाले प्रहरीले खोजी कार्य गरी रहेको छ ।

 बरामद चोरीका मोटरसाइकल आवश्यक कारवाहीका लागि आज भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्