२३ जेठ २०८३, शनिबार

अमेरिका, भारतसहित विश्वभर बल्झिँदै कोरोना व्याधि

चैत २४, २०७७
अमेरिका, भारतसहित विश्वभर बल्झिँदै कोरोना व्याधि
फाइल फोटो

कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमै फेरि बल्झिँदै गएको छ ।

अमेरिका र युरोपजस्ता अति प्रभावित क्षेत्र मात्र होइन, छिमेकी भारतमै आइतवार संक्रमितको संख्या १ लाख नाघेको छ । भारतमा हालसम्मकै यो उच्च संक्रमण दर हो ।

सोमवार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या १३ करोड १९ लाख ९३ हजार ८३ छ । यीमध्ये १० करोड ६२ लाख ९७ हजार ८७५ जना निको भएका छन् ।

कोरोना संक्रमणकै कारण २८ लाख ६७ हजार ६८१ जनाको मृत्यु भएको छ ।

कोरोना २१९ देशमा फैलिएको छ । युरोपका धेरै, अमेरिका, भारतलगायत देशमा संक्रमण पुनः भयावह रूपमा बढ्न थालेको छ । वल्र्डोमिटरको सोमवार साँझ ५ बजेसम्मको तथ्यांकका आधारमा वल्र्डोमिटरले १० राष्ट्रलाई क्रमशः पहिलोदेखि दशौं नम्बरसम्म सूचीकृत गरेको छ । तथ्यांक हेर्दा पनि विश्वमा पुनः एक पटक संक्रमितको संख्या बढ्दै गएकाले सचेत हुनुपर्ने देखिएको छ ।

अमेरिकामा कूल संक्रमितको संख्या ३ करोड १४ लाख २० हजार ३३१ छ । मृत्यु हुनेको संख्या ५ लाख ६८ हजार ७७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६९ लाख ४ हजार ८५१ छ । यीमध्ये ८ हजार ७१२ जनाको अवस्था चिन्ताजनक छ ।

आइतवार ३६ हजार ६७० नयाँ संक्रमित फेला परे । २७७ जनाको मृत्यु भयो । गत हप्ता सरदर दैनिक ६४ हजार १९ जनामा कोरोना संक्रमण भयो । गत २ हप्ताको तुलनामा संक्रमणदर १८ प्रतिशतले बढेको छ ।

जनवरीको तुलनामा स्थिति केही नियन्त्रणमा रहे पनि हिजोआज पुनः बढ्न थालेको हो । अन्य राज्यभन्दा मिचिगनमा संक्रमण दर उच्च रहेको ‘द न्युयोर्क टाइम्स’ले जनाएको छ ।

ब्राजिलमा कूल संक्रमितको संख्या १ करोड २९ लाख ८४ हजार ९५६ छ । मृत्यु हुनेको संख्या ३ लाख ३१ हजार ५३० पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ लाख ९५ हजार ९०५ रहेकामा ८ हजार ३१८ जना चिन्ताजनक अवस्थामा छन् ।

भारतमा कूल संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार ६७ छ । १ लाख ६५ हजार १३२ जनाको मृत्यु भएको छ । ७ लाख ४१ हजार ७९९ सक्रिय संक्रमित रहेकामा ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भारतमा दिनप्रतिदिन कोरोना संक्रमण बढिरहेको छ । एकैदिन १ लाखभन्दा बढीमा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महामारी सुरु भएयताकै यो उच्च संक्रमणदर हो । यसअघि सेप्टेम्बर १६ मा ९७ हजार ८९४ जनामा संक्रमण देखिएको थियो । त्यसपछि भारतमा संक्रमणदर घट्दो थियोे ।

पछिल्लो २४ घण्टामा कूल संक्रमितको संख्या १ लाख ३ हजार ५५८ मध्ये महाराष्ट्रमै ५७ हजार ७०० संक्रमित फेला परेका छन् । संक्रमण फैलिन नदिन राज्य सरकारले रातको समयमा कफ्र्यु, साताव्यापी लकडाउन, दिनको समयमा विभिन्न प्रतिबन्ध लगाउने आदि व्यवस्था गरेको छ ।

फ्रान्समा ४८ लाख २२ हजार ४७० जनालाई कोरोना संक्रमण भएको छ । ९६ हजार ६७८ जनाको मृत्यु भएको छ । ४४ लाख २६ हजार १६८ सक्रिय संक्रमित रहेकामा ५ हजार ३४१ जनाको अवस्था चिन्ताजनक छ । युरोपमा सबैभन्दा बढी संक्रमण पाइएको फ्रान्समा फेब्रुअरीयता संक्रमणदर झण्डै दोब्बर पुगेको छ ।

दैनिक संक्रमणदर ४० हजार हाराहारी छ । संक्रमण फैलनबाट रोक्न फ्रान्समा तेस्रो चरणको लकडाउन शुरू गरिएको छ । 

रूसमा कूल संक्रमितको संख्या ४५ लाख ८९ हजार ५४० पुगेको छ । मृत्यु हुनेको संख्या १ लाख ७१७ छ । सक्रिय संक्रमितको संख्या २ लाख ७७ हजार ६९० छ । संक्रमणका कारण गम्भीर बिरामी परेकाको संख्या २ हजार ३०० छ ।

बेलायतमा कूल संक्रमितको संख्या ४३ लाख ५९ हजार ३८८ छ । १ लाख २६ हजार ८३६ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३ लाख ३० हजार ९१० रहेकोमा जोखिमपूर्ण अवस्थाका बिरामी ५१७ जना छन् ।

कोरोना संक्रमण फैलन नदिन इङ्ल्यान्डमा हरेक नागरिकलाई निःशुल्क रूपमा ‘र्‍यापिड टेस्ट किट’ उपलब्ध गराइने भएको छ । आफूले चाहेको खण्डमा घरसम्म नै यी किट पुर्‍याइदिने व्यवस्था सरकारले गरेको छ ।

इटालीमा संक्रमितको संख्या ३६ लाख ६८ हजार २६४ पुगेको छ । मृत्यु हुनेको संख्या १ लाख ११ हजार ३० छ । सक्रिय संक्रमित ५ लाख ६९ हजार ३५ रहेकामा ३ हजार ७०३ जना गम्भीर अवस्थाका संक्रमित छन् ।

टर्कीमा कूल संक्रमितको संख्या ३४ लाख ८७ हजार ५० छ । संक्रमणका कारण ३२ हजार २६३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित ३ लाख ४९ हजार ४३७ रहेकामा जोखिमपूर्ण अवस्थामा २ हजार ३११ जना छन् ।

स्पेनमा कूल संक्रमितको संख्या ३३ लाख ९६५ छ । मृत्यु हुनेको संख्या ७५ हजार ६९८ छ । सक्रिय संक्रमित १ लाख ७० हजार ५४२ रहेकामा गम्भीर अवस्थाका बिरामी १ हजार ८९२ जना छन् ।

जर्मनीमा कोरोना संक्रमितको संख्या २८ लाख ९५ हजार ६३१ पुगेको छ । मृत्यु हुनेको संख्या ७७ हजार ५५७ छ । सक्रिय संक्रमित २ लाख ३६ हजार ५७४ रहेकामा चिन्ताजनक अवस्थामा ३ हजार ६८० जना छन् ।

संक्रमितको संख्या बढ्दै गए पनि यसले खोपको गतिको सन्दर्भमा बेलायत, इजरायल र अमेरिकालाई पछि पारेको छ । आगामी मेको शुरूसम्म २० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको त्यहाँका स्वास्थ्यमन्त्री जेन्स स्पानलाई उद्धृत गर्दै द सनले जनाएको छ । (एजेन्सीको सहयोगमा) अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्