२४ जेठ २०८३, आइतबार

कतारले १० हजार नेपालीलाई प्रहरी सेवामा भर्ना गर्ने प्रक्रिया स्थगित

चैत २४, २०७७
कतारले १० हजार नेपालीलाई प्रहरी सेवामा भर्ना गर्ने प्रक्रिया स्थगित

कतारले १० हजार नेपालीलाई प्रहरी सेवामा भर्ना गर्ने प्रक्रिया स्थगित गरेको छ । नेपाल र कतारी अधिकारीबीच भर्ना प्रक्रियाको विषयमा सहमति नजुटेपछि कतारले तत्कालका लागि स्थगित गरेको हो। 
‘भर्ना प्रक्रियाकोविषयमा नेपाललेराखेकोअडान स्पष्ट छैन । कहिले जीटुजी (सरकार–सरकार) बीच सम्झौता गरौं भन्नुहुन्छ । कहिले बीटुबी (बिजनेस टु बिजनेस) भन्नुहुन्छ,’ कतारी निकायका एक उच्च अधिकारीले भने, ‘अहिलेलाई हामीले भर्ना प्रक्रिया नै स्थगित गरेका छौँ ।’ कतारले सन् २००५ मै दुई देशबीच श्रम सम्झौता भइसकेको हुँदा त्यही आधारमा प्रहरी सेवामा पनि भर्ना हुनुपर्ने अडान राखेको छ । कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्