२६ जेठ २०८३, मंगलबार

७० प्रतिशत अंक ल्याए सवारी चालक अनुमतिपत्र पाइने

चैत २४, २०७७
७० प्रतिशत अंक ल्याए सवारी चालक अनुमतिपत्र पाइने

सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै नयाँ निर्देशिका ल्याई त्यसलाई सहज बनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ स्वीकृत गरिसकेको छ। यो निर्देशिका आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।

‘यसअघि सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक (परीक्षा) ट्रायलमा शतप्रतिशत पास गरेपछि मात्रै लाइसेन्स पाइन्थ्यो। तर नयाँ निर्देशिकाअनुसार अब ट्रायल परीक्षामा ७० प्रतिशत अंकभार ल्याएमा उत्तीर्ण भएको मानिनेछ,’ उनले भने, ‘समय सान्दर्भिक सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा फेरबदल गरेका हौं।’ कोभिड–१९ का कारण सवारीचालक अनुमतिपत्र झन्डै १० महिना ठप्प भएको थियो। १० महिनासम्म अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा नहुँदा करिब ७ लाख सेवाग्राहीले अनलाइनमार्फत आवेदन फाराम भरेका छन्। नागरिक दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्