२८ जेठ २०८३, बिहीबार

अवैध उत्खनन गर्ने १३ सवारीसाधन नियन्त्रणमा

चैत २४, २०७७
अवैध उत्खनन गर्ने १३ सवारीसाधन नियन्त्रणमा
फाइल फोटो

अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले ४ एक्साभेटर, २ जेसीबी, ४ ट्रयाक्टर र ३ टिप्पर नियन्त्रणमा लिएको हो । 

म्याग्दे गाउँपालिका–५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ नम्बरको जेसीबीलाई नियन्त्रणमा लिइएको छ । सवारीलाई कारवाहीका लागि पठाइएकामा म्याग्दे गाउँपालिकाले २० हजार रुपैयाँ जरिवाना गरेको छ । 

व्यास नगरपालिका–७ गलमखोलास्थित सामुदायिक वनको निषेधित क्षेत्रमा अवैधरूपमा ढुंगा उत्खनन गर्दै गरेको अवस्थामा ना१क ६२५२ नम्बरको एक्साभेटरसहित ग१त ६०९८ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि पठाइएकामा व्यास नगरपालिकाले २० हजार रुपैयाँ जरिवाना गराएको छ । 

भीमाद नगरपालिका–५ एक्ले भन्ने ठाउँमा विना इजाजत गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा एक्साभेटरसहित बालुवा लोड गरेको ग१त ४०६१ नम्बरको टिप्परलाई नियन्त्रणमा लिइएको छ । शुक्लागण्डकी नगरपालिका–८ मा रहेको जमिनबाट विना इजाजत ढुंगा, माटो उत्खनन गरिरहेको अवस्थामा ग१क ३४३५ नम्बरको एक्साभेटरसहित लोड गरिरहेका ग१त ३१९०, ग१त ३४२१ र ग१त ३०७० नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि शुक्लागण्डकी पठाइएकामा ५६ हजार रुपैयाँ जरिवाना भएको छ । 

शुक्लागण्डकी नगरपालिका–९ छहरा स्थितमा रहेको जमिनबाट विना इजाजत अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ग१क ३७८८ नम्बरको एक्साभेटर र ग१क ३१७५ नम्बरको जेसिभीसहित ग१क ३२५२, ग१क ३२५१ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिका बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्