०३ असार २०८३, बुधबार

फिलिपिन्स : लकडाउन तोडेको आरोपमा ३०० पटक उठबस गर्न लगाइएपछि व्यक्तिको मृत्यु

चैत २४, २०७७
फिलिपिन्स : लकडाउन तोडेको आरोपमा ३०० पटक उठबस गर्न लगाइएपछि व्यक्तिको मृत्यु

फिलिपिन्सको एक गाउँमा २८ वर्षीय एक व्यक्तिले लकडाउन तोडेको आरोपमा ३०० पटक उठबस गर्न लगाइएपछि उनको मृत्यु भएको छ । 
 

ड्यारेन मानाओग पेन्यारेदोन्दोलाई काभिते प्रान्तको जनरल त्रियास शहरमा कोभिडको कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो । त्यस ठाउँमा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको छ । ड्यारेन बेलुका ६ बजेपछि पानी पिउन निस्केका थिए । 

उनी र अर्का एक व्यक्तिलाई लकडाउन तोडेको आरोपमा नगरपालिकाको हलमा ल्याइएको थियो । त्यसपछि उनीहरूलाई १०० पटक उठबस गर्न लगाइएको थियो । 

उठबस गरेको मिलेन भन्दै उनीहरूलाई ३०० पटक गर्न लगाइएपछि ड्यारेनलाई गाह्रो परेको थियो । 

घटना अघिल्लो बिहीवार भएको हो ।
 

ड्यारेन त्यसको भोलिपल्ट बिहान ८ बजे घर पुगे । उनी अर्काको सहायताविना यताउता जानै नसक्ने स्थितिमा पुगेका थिए । उठबस गर्दाखेरी नै उनी कैयौंपटक ढलेका थिए । 

शुक्रवार साँझतिर उनको मुटु बन्द भयो । उनलाई केही समयका लागि त बौराइयो तर १० बजेतिर उनी बिते ।

उक्त शहरका प्रहरी प्रमुख लेफ्टिनेन्ट कर्नेल मार्लो निल्लो सोलेरोले लकडाउन उल्लंघन गर्नेहरूका लागि यस्तो सजायको व्यवस्था नरहेको बताए । ‘हामी सम्झाइबुझाइ मात्र गर्छौं,’ उनले भने । 

शहरका मेयर एन्टोनियो फेररले घटनाको अनुसन्धान भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्