१७ असार २०८३, बुधबार

लाभांश पुनः लगानी योजनामा सहभागी हुन एनआईबीएलको आह्वान

लाभांश पुनः लगानी योजनामा सहभागी हुन एनआईबीएलको आह्वान

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबीएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा इकाईधनीलाई लाभांश पुनः लगानी योजनामा सहभागि हुन आग्रह गरिएको छ ।

इकाईधनीले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शुल्क कट्टिपछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरू खरिद गर्न सक्ने व्यवस्था मिलाएको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।

चालू आर्थिक वर्ष वा आगामी आर्थिक वर्षमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने ‘बूक क्लोज’ मितिका दिनसम्म लाभांश पुनः लगानी योजना अन्तर्गत नाम दर्ता गराउने इकाई धनीको लागि मात्र सुविधा प्राप्त गर्न योग्य हुने जनाइएको छ ।

लाभांश पुनः लगानी योजनामा दर्ता गर्ने प्रक्रिया –

१) एनआईबीएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरू तथा तोकिएका वितरकहरूमार्फत फारामभरी योग्य इकाईधनीले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

२) योग्य इकाईधनीले अनलाईन लिंक https://mutualfund.niblcapital.com/ मा गई लाभांश पुनः लगानी योजना दर्ता फाराममार्फत आफ्नो सम्पूर्ण विवरणभरी नाम दर्ता गराउन सक्नेछन् ।

३) आफ्नो हितग्राही खातामा रहेको इमेल ठेगानामार्फत निम्न बमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा इमेल पठाउन सक्नेछन् ।

इमेलमा उल्लेख गर्नुपर्ने विवरण

इमेल विषयः लाभांश पुनः लगानी योजना
इमेल ठेगाना – [email protected] 

इकाई धनीको पूरा नामः
इकाई धनीको हितग्राही खाता नंः                
इकाई धनीको सम्पर्क नम्बरः

salt training

कमेन्ट गर्नुहोस्