०९ साउन २०८३, शनिबार
खोसिँदै सांसद पद

पाँच मन्त्रीलाई सांसदबाट हटाउन संसद् सचिवालयलाई पत्र पठाउँदै माओवादी

पाँच मन्त्रीलाई सांसदबाट हटाउन संसद् सचिवालयलाई पत्र पठाउँदै माओवादी

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका पाँच मन्त्रीलाई सांसदबाट हटाउन संसद् सचिवालयमा पत्र पठाउने तयारी नेकपा (माओवादी केन्द्र)ले गरेको छ ।

स्थायी कमिटी बैठकको निर्णयानुसार पार्टी त्याग गरेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापासहित पाँच मन्त्रीलाई सांसद पदबाट पदमुक्त गर्न माओवादीले पत्र पठाउन लागेको हो । 

‘पार्टीको निर्णयाअनुसार संसद् सचिवालयमा पत्र दर्ता गराउने  तयारी छ,’ माओवादीका एक प्रभावशाली नेताले लोकान्तरसँग भने । 

गृहमन्त्री थापासँगै ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम तथा रोजगार मन्त्री गौरी शंकर चौधरीलाई सांसद पदबाट हटाउन पत्र पठाउन लागिएको हो । 

‘पार्टी छाडेर जानेलाई कानूनी कारवाही, सरकारलाई दिएको विश्वासको मत फिर्ता र सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नीतिगत निर्णय भइसकेको हो, कार्यान्वयनका लागि पत्र पठाउन लागिएको हो’ ती नेताले लोकान्तरसँग भने । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर सहितको पत्र सचिवालयमा दर्ता गर्न लागिएको माओवादी स्रोतले बतायो । 

सचिवालयमा पत्र दर्ता गराउने जिम्मा प्रमुख सचेतक देव गुरुङलाई दिइएको छ । यसअघि सोधिएको स्पष्टीकरणको जवाफ नपठाएपछि माओवादीले उनीहरूलाई कारवाही गर्ने निर्णय गरेको थियो । 

पाँच मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने अन्य चारजना प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका सांसद हुन् ।

माओवादी पार्टी त्यागेर सरकारमा सहभागी भएका खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ भने सांसद छैनन् । 

माओवादी त्यागेर एमालेमा प्रवेश गरेका थापा बाग्मतीको इञ्चार्ज भइसकेका छन् भने भट्ट सुदूरपश्चिम प्रदेशको इञ्चार्ज बनेका छन् । एमालेमा जिम्मेवारी पाइसकेका नेताहरूले सांसद पद गुमे पनि माओवादीमा नफर्किने बताउँदै आएका छन् । 

पार्टी त्यागेका प्रदेशका सांसदहरूलाई माओवादले कारवाही गरिसकेको छ । प्रदेश १ का आर्थिक मामिला मन्त्री टंक आङ्बुहाङ तथा कर्णालीका एक र लुम्बिनी प्रदेशका दुई सांसदको पद गुमिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्