०५ साउन २०८३, मंगलबार

कर्णालीमा एमाले (नेपाल पक्षका) ३ मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री शाहीको सरकार अल्पमतमा

कर्णालीमा एमाले (नेपाल पक्षका) ३ मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री शाहीको सरकार अल्पमतमा
फाइल फोटो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारका तीन मन्त्रीले मंगलवार राजीनामा दिएका छन् । 

नेकपा एमाले संसदीय दलको निर्देशनपछि आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् । 

मुख्यमन्त्री शाहीलाई राजीनामा पत्र बुझाएर तीन मन्त्रीले पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् ।

पार्टीको निर्देशन अनुसार राजीनामा दिइएको उनीहरूले बताए । 

एमालेका तीन मन्त्रीले राजीनामा दिएपछि शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमालेले अल्पमतमा परिसकेकाले राजीनामा दिन मुख्यमन्त्री शाहीसँग आग्रह गरेको छ  । ४० सांसद रहे

को कर्णाली प्रदेश सभामा एमालेमा २० सांसद छन् । माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

अल्पमतमा परेपनि मुख्यमन्त्रीले तत्काल राजीनामा नदिने आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिए । 

‘हामी छलफलमा छौं, मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न,’ भण्डारीले लोकान्तरसँग भने । 

salt training

कमेन्ट गर्नुहोस्