२९ जेठ २०८३, शुक्रबार

चीनको अनौठो घटना : बिहे गर्न लाग्दा पो थाहा भयो बेहुली रहिछन् बेहुलाकी बहिनी !

चैत २४, २०७७
चीनको अनौठो घटना : बिहे गर्न लाग्दा पो थाहा भयो बेहुली रहिछन् बेहुलाकी बहिनी !

चीनमा विवाहसम्बन्धी निकै अनौठो घटना भएको छ । 

बिहे हुन लाग्दा बेहुलाकी आमाले बुहारीको हात हेर्दा पहिला स्तब्ध भइन् अनि पछि बेस्सरी रोइन् । 

जुन जोडीको विवाह हुन लागेको थियो, उनीहरू त भाइबहिनी पो रहेछन् । 
 

बेहुलाकी आमाले बेहुलीको हातमा बर्थमार्क देखेपछि तत्कालै आफ्नी छोरी भनी चिनिन् । 

घटना चीनको ज्याङ्सु प्रान्तको सुचोमा भएको हो । मार्च ३१ मा यो विवाह हुन लागेको थियो । 

दुलहीको हातको चिह्न देखेपछि दुलाहाकी आमाले सोधखोज गर्दा दुलहीका आमाबुवाले २० वर्षअघि सडकपेटीमा भेटिएकी बालिकालाई धर्मपुत्री बनाएको बताए । 

त्यसपछि दुलही आफूलाई जन्म दिने आमासँग टाँसिएर ग्वाँ ग्वाँ रोइन् र जैविक आमाबुवाको सोधखोज गर्न थालिन् । 

अचम्मको कुरा त यो थाहा पाएपछि पनि बिहे रोकिएन । दुलाहालाई पनि धर्मपुत्र बनाइएको रहेछ । त्यसपछि दुईजनाको बिहेमा कुनै आपत्ति भएन । 

भाग्यको खेल अनौठो हुन्छ । बीस वर्षअघि हराएकी छोरी खोज्दा खोज्दा नसकेपछि हार मानेर बसेका आमाबुवाकी छोरी त बुहारी हुन पो आइपुगिन् । त्यही छोरी हराएपछि उनीहरूले एक टुहुरोलाई धर्मपुत्र बनाएर राखेका थिए । 
 

धर्मपुत्र र धर्मपुत्रीको यस विवाहमा मानिसहरू भावुक भए र दुलाहा दुलहीलाई बधाई दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्