×

NMB BANK
NIC ASIA

कारवाहीमा मन्त्री !

माओवादीले चार मन्त्रीलाई कारवाही गरेको पत्र सचिवालयमा, सांसद पद जाने [पत्रसहित]

चैत २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका ४ मन्त्रीलाई सांसदबाट हटाउन संसद् सचिवालयमा पत्र दर्ता गराएको छ ।

Muktinath Bank

स्थायी कमिटी बैठकको निर्णयानुसार पार्टी त्याग गरेर एमाले प्रवेश गरेका प्रतिनिधि सभाका ४ सदस्यलाई सांसद पदबाट पदमुक्त गर्न माओवादीले पत्र पठाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'माओवादीको पत्र सचिवालयमा दर्ता भएको छ, अब ऐन/कानूनबमोजिम प्रक्रिया अगाडि बढाउँछौं,' संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने ।


Advertisment
Nabil box
Kumari

उक्त जानकारी सभामुखले संसद् बैठकमा पेश गरेपछि ती सांसदहरू पदमुक्त हुनेछन् ।

Vianet communication
Laxmi Bank

ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना माओवादीले संसद् सचिवालयलाई दिएको हो ।

हेर्नुहोस्, पत्र :

दल त्याग गरेको खण्डमा सांसद पद पनि जाने कानूनी व्यवस्था छ । उक्त पत्रमा राष्ट्रिय सभा सदस्य रामबहादुर थापाको नाम भने उल्लेख छैन ।

माओवादी पार्टी त्यागेर सरकारमा सहभागी भएका खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ भने सांसद छैनन् । 

माओवादी त्यागेर एमालेमा प्रवेश गरेका थापा बाग्मतीको इञ्चार्ज भइसकेका छन् भने भट्ट सुदूरपश्चिम प्रदेशको इञ्चार्ज बनेका छन् ।

एमालेमा जिम्मेवारी पाइसकेका नेताहरूले सांसद पद गुमे पनि माओवादीमा नफर्किने बताउँदै आएका छन् । 

पार्टी त्यागेका प्रदेशका सांसदहरूलाई माओवादले कारवाही गरिसकेको छ ।

प्रदेश १ का आर्थिक मामिला मन्त्री टंक आङ्बुहाङ तथा कर्णालीका एक र लुम्बिनी प्रदेशका दुई सांसदको पद गुमिसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x