नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशतसम्म क्यासब्याक पाइने भएको छ ।
इसेवामार्फत आन्तरिक तर्फको एयरलाइन्सका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागी हुनेछन् । हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउनेछन् भने त्यसभन्दा माथिको टिकटमा तीन हजार रूपैयाँ छूट पाउनेछन् । यो योजना ३१ चैतसम्म सञ्चालन हुनेछ ।
यस्तै जाऊँ है पोखरा अभियान अन्तर्गत पोखरा जाने यात्रुहरूले एयरलाइन्स टिकट काट्दा टिकट बूकिङ, होटल तथा रेष्टुरेन्ट तथा साहसिक खेलहरूमा आकर्षक छूट प्राप्त गर्नेछन् ।
यात्रुले इसेवामार्फत टिकट काटिसकेपछि ‘जाऊँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरि यस्तो छूट पाइनेछ । होटल तथा साहसिक खेलमा छूट प्राप्त गर्नका लागि इसेवाबाट प्री–बूकिङ गर्नुपर्नेछ अथवा हवाइ टिकट देखाउनुपर्नेछ ।
अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवाको सहकार्यमा जाऊँ है पोखरा अभियान अन्तर्गत पोखरा घुम्न जानका लागि विभिन्न प्रवर्द्धनात्मक कार्यहरू भइरहेका छन् ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ ।
यसैगरी अप्रत्यक्ष रूपमा करीब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।
हाल इसेवाका देशभर करीब एक लाख १० हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख २ लाख नाघिसकेका छन् ।
इसेवाबाट इन्स्योरेन्सका प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कूल/कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
लोकान्तर संवाददाता