२५ असार २०८३, बिहीबार
सत्ता समीकरणको खेल

सत्ता संकटमा दुई मुख्यमन्त्री– राजपाको साथ पाए पोखरेल जोगिने, शाहीलाई भने जोगिन मुस्किल !

सत्ता संकटमा दुई मुख्यमन्त्री– राजपाको साथ पाए पोखरेल जोगिने, शाहीलाई भने जोगिन मुस्किल !

सर्वोच्च अदालतको आदेशले नेकपा एकता भंग भएपछि केन्द्रदेखि प्रदेश सरकार समेत अप्ठ्यारोमा परेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रले २०७४ सालमा भागबण्डाको आधारमा प्रदेश सरकार बनाएका थिए ।

दुई दलबीच भएको एकता सर्वोच्च अदालतको आदेशबाट भंग भएपछि त्यसको साइड इफेक्ट केन्द्रदेखि प्रदेश सरकारसम्म परेको छ । 

तत्कालका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संकट शुरू भएको छ ।

लुम्बिनीमा सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएपछि हतार-हतार प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । 

यसका अलावा एमालेको साथ गुमाउँदा माओवादी नेतृत्वको सुदूरपश्चिम सरकार पनि अल्पमतमा पर्ने देखिन्छ ।

पहिले नै अविश्वासको प्रस्ताव दर्ता भइसके पनि नेकपा एकता भंग हुँदा प्रदेश १ र बाग्मती सरकारका मुख्यमन्त्री भने बलियो बनेका छन् ।

प्रदेश १ र बाग्मती प्रदेशमा एमालेको स्पष्ट बहुमत छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका सरकार भने धर्मराइरहेका छन् ।

लुम्बिनी सरकारमा सरकार जोगाउनका लागि एमालेलाई कम्तिमा २ भोट भए पुग्छ भने कर्णालीमा एमालेइतरको गठबन्धनले बहुमत पुर्‍याउन निकै मुस्किल छ ।

४० सदस्य रहेको प्रदेश सभामा एमाले एक्लैका २० सांसद छन् । यो अवस्थामा शाहीले कतैबाट पनि बहुमत पुर्‍याउने सम्भावना छैन ।

माओवादी केन्द्रसँग १३, नेपाली कांग्रेससँग ६ र राप्रपाका एक सांसद छन् । १३ मध्ये पनि माओवादीका धर्मराज रेग्मी पार्टी परित्याग गरेर एमाले गरेपछि कारवाहीमा परिसकेका छन् ।

एक सांसदको पद रिक्त भएर ३९ कायम हुँदा एमाले (२०) एक्लै बहुमतमा पुग्ने देखिन्छ ।

उता, लुम्बिनी प्रदेशमा भने प्रदेश सभा ८७ सदस्यीय छ ।

माओवादीले दुई सांसदलाई कारवाही गरेर पद रिक्त भएको अवस्थामा तत्काल कायम संख्या ८५ हुन आउँछ ।

यस्तो अवस्थामा सरकार बनाउन लुम्बिनीमा ४३ मत आवश्यक पर्छ । 

प्रदेश सभामा एमालेका मात्रै ४१, माओवादी केन्द्रका १८ (कारवाही भएका २ बाहेक), कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

मुख्यमन्त्री पोखरेललाई सरकार जोगाउन एमालेबाहेक कम्तिमा २ भोट भए पुग्छ । त्यसका लागि मुख्यमन्त्री पोखरेलले जसपालाई फकाउन प्रयास गरिरहेका छन् ।

जसपाको साथ पाएको खण्डमा पोखरेल नेतृत्वको लुम्बिनी सरकार बच्ने देखिन्छ ।

अर्कातर्फ माओवादीका बाँकी रहेका १८ सांसदमध्ये १ जना सभामुख छन् । निर्णायक अवस्थामा मात्र सभामुखलाई मताधिकार हुन्छ ।

यस्तो अवस्थामा ४३ पुर्‍याउन कांग्रेसका १९, माओवादीका १७ (सभामुख र कारवाहीमा परेका बाहेक), जसपाका ६ र जनमोर्चाका १ सांसद सबै जोड्नुपर्ने हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्