२३ असार २०८३, मंगलबार

सरकारका ४ मन्त्रीलाई कारवाही

चैत २४, २०७७
सरकारका ४ मन्त्रीलाई कारवाही
फाइल फोटो

नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका ४ सांसदलाई कारवाही गरेको छ ।

प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह र गौरीशंकर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरिएको जानकारी माओवादी केन्द्रले संघीय संसद् सचिवालयलाई गराएको छ । चारै जना सरकारमा मन्त्री छन् ।

राजनीतिक दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग गरी मन्त्रिपरिषद्बाट फिर्ता आउन गरिएको निर्देशन अस्वीकार गरेकाले कारवाही गरिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद् सचिवालयलाई जानकारी गराएका छन् ।

माओवादी केन्द्रको चैत १ र २ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई प्रत्यायोजित गरेको अधिकार बमोजिम रायमाझी, भट्ट, साह र चौधरीले दल त्याग गरेको निर्णय गरिएको जनाइएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधि सभामा पेश गर्ने निर्णयबमोजिम उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ । 

सांसदहरू रायमाझी, भट्ट र चौधरीले स्पष्टीकरण नदिएको र साहले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको तथा राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व उल्लंघन गरेको संघीय संसद् सचिवालयमा माओवादी केन्द्रले गराएको जानकारी पत्रमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्