०४ असार २०८३, बिहीबार

यसरी काठमाडौंमा २४ सै घण्टा पानी वितरण गर्न सकिन्छ

चैत २५, २०७७
यसरी काठमाडौंमा २४ सै घण्टा पानी वितरण गर्न सकिन्छ

मेलम्चीको पानी आएपछि उपभोक्ताको आवश्यकता पूरा गर्न सहज भए पनि माग भने पूरा नहुने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताएका छन् । 

हाल उपत्यकामा ४३ करोड लिटर पानीको माग भएपनि उपलब्ध ८ करोड लिटर र मेलम्चीको १७ करोड लिटर भएको उनको भनाइ छ । यसरी हेर्दा काठमाडौंमा २४ सै घण्टा पानी दिन याङ्ग्री र लार्केको थप ३४ करोड आएपछि मात्र सकिने बताए । 
उनले कारोबार दैनिकसँगको अन्तर्वार्तामा भनेका छन् -हाल उपत्यकामा ४३ करोड लिटर पानीको माग छ । हामीसँग उपलब्ध भनेको ८ करोड लिटर र मेलम्चीको १७ करोड लिटर आउने भन्ने कुरा छ । अहिले त साढे ८ करोड लिटर मात्रै आएको छ । १७ करोड लिटर पानी आएपछि २५ करोड लिटर हामीलाई हुनेछ । अझै पनि १८ करोड लिटर त पानीको अभाव हुनेछ । चौबीसै घण्टा पानी दिनका लागि पानी पर्याप्त भइसकेको छैन । त्यो पर्याप्तता याङ्ग्री र लार्केको थप ३४ करोड आएपछि माग र आपूर्ति मिल्नेछ । तर, याङ्ग्री र लार्के धेरै ढिला हुने र काठमाडौं उपत्यकामा जनसंख्या फेरि बढ्दै जाने हो भने फेरि पनि समस्या आउन सक्छ । याङ्ग्री र लार्के सकेसम्म छिटो ल्याउन सकियो भने अहिलेको माग धान्नलाई सजिलो हुन्छ । चौबीसै घण्टा हामी पानी दिन पनि सक्छौं भनेर हामीले अनुरोध पनि गरिरहेका छौं । यही किसिमबाट अगाडि बढ्ने भन्ने सरकारको पनि कार्यक्रम छ भन्ने हामीले बुझिरहेका छौं ।

salt training

कमेन्ट गर्नुहोस्