ज्याकलिन फर्नान्डिजका नयाँ फिल्म धमाधम आउँदै

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजका विभिन्न फिल्महरू शूटिङका लागि तयार भएर बसेका छन् । 

अक्षय कुमारसँग मिलेर उनले रामसेतु फिल्मको शूटिङ शुरू गरेकी मात्र थिइन्, सबैलाई कोरोना लागेर अहिले शूटिङ रोकिएको छ । 
 


Advertisement

ज्याकलिन पनि अहिले होम क्वारेन्टीनमा छिन् । 

उनले भूषण कुमारको आगामी फिल्म दीयामा पनि काम गर्ने भएकी छन् । 


Advertisement

त्यस फिल्मको शूटिङ जुन महिनामा लन्डनमा गरिनेछ । तर कोरोनाभाइरस बढिरहेकाले मितिमा परिवर्तन गर्न सकिनेछ । 
 

ज्याकलिनको यस फिल्मका अन्य स्टारकास्टको कुनै खुलासा गरिएको छैन । 
 

ज्याकलिनले हालै भूत पुलिसको शूटिङ पूरा गरेकी छन् । फिल्ममा ज्याकलिनसँग सैफ अली खान, यामी गौतम र अर्जुन कपूर देखिनेछन् । 

यसबाहेक ज्याकलिन रणवीर सिंहको फिल्म सर्कसमा पनि देखिनेछिन् । रोहित शेट्टीले बनाएको फिल्ममा पूजा हेगडे पनि छिन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्