×

NMB BANK
NIC ASIA

आलु बेचेरै २ लाख आम्दानी

चैत २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीकी हिमाली छन्त्यालले यो वर्ष आलु बिक्री गरेर मात्रै रु दुई लाख कमाइन् ।

Muktinath Bank

आलुको  बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोपेकी छन्त्यालले थोरै रोपे पनि आलुको राम्रो भाउ आएकाले उनलाई कुनै दुखेसो छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सधैँजस्तो आलु बेच्न बजार लानु पनि परेन । ग्राहकले घरमै आएर लगे । थोरै आलु रोपेर राम्रो मूल्यमा बेचेकाले छन्त्याल आलु खेतीबाट सन्तुष्ट छिन् ।


Advertisment
Nabil box
Kumari

म्याग्दीको उपल्लो भेगमा अहिले धमाधम हिउँदे आलु खनेर बेच्ने समय हो । यो वर्ष आलुको बीउ आकिसिएकाले बीउ अभावमा थोरै रोपेतापनि हिउँदे आलुको राम्रो भाउ पाएकोमा आलु किसान खुशी छन् ।

Vianet communication
Laxmi Bank

राम्चेकी लीलमाया पुनलाई पनि थोरै आलु रोपेकोमा कुनै पछुतो छैन । महँगो बीउ भएकाले थोरै आलु रोपे तापनि आम्दानी उठेर पनि आफूलाई पुग्दो भएकाले उनी खुशी छिन् ।

छन्त्याल र पुन जस्तै म्याग्दीका धेरै किसान अहिले कृषि कर्मबाट नै मनग्गे आम्दानी हुन थालेपछि खेतीपातीको काममा नै हौसिएका छन् ।

 दुई वर्षसम्म आयातित तरकारीको भरपर्नु पर्ने म्याग्दी जिल्ला अहिले तरकारीमा आत्मनिर्भर बन्दै गएको छ ।

विशेषगरी कोरोना भाइरसको कारण भारती तरकारी नेपाल छिर्न नपाएपछि गाउँगाउँमा तरकारी व्यापारी छिर्न थालेकाले यो वर्ष आलुलगायतका तरकारीको मूल्यले राम्रो भाउ पाएको किसानले बताएका छन् । 

कात्तिक अन्तिममा रोपेको हिउँदे आलु अहिले खन्ने मौसम हो । म्याग्दीमा हिउँदे आलु बिक्री गरेर यो वर्ष रु पाँच करोड भन्दा बढी आम्दानी हुने कृषकको भनाइरहेको छ ।

तरकारीपछि म्याग्दीका किसान च्याउखेती, भैँसीपालन र बाख्रापालनप्रति आकर्षित भएका छन् ।

दुई दशक पहिले गाउँघरमा दूध विक्न मुस्किल हुने म्याग्दीमा अहिले भने दूधको खोसाखोस नै हुने गरेको छ । जब शहर बजार जस्तै गाउँमा क्रमिक रूपमा दूध बिक्न थाल्यो किसानले विस्तारै दूधबाट आम्दानी लिन थाले । ​

मङ्गला गाउँपालिका–२ का धर्मराज पौडेलले दूध बिक्री गरेर मासिक रु ८५ हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पौडेलमात्र होइन, बाबियाचौर क्षेत्र वरपरका किसान र बेनी नगरपालिकाका अधिकांश वडाका किसानले पछिल्लो समय दूध बिक्री गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।

त्यसैगरी यहाँका किसानले च्याउ खेतीलाई पनि आम्दानीको गतिलो माध्यम बनाएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा राक्से, मालिका गाउँपालिका– ७ बिम, बेनी नगरपालिका–२ ज्यामरुककोट लगायतका गाउँमा व्यवसायिकरुपमा च्याउखेती शुरु गरिएको छ ।

बेनी नगरपालिका– ४ राक्सेका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् ।

परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले शुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रुप लिएको छ ।

राक्से सिर्जनशील कृषि फर्म नै दर्ता गरेर विगत तीन वर्षदेखि च्याउखेती शुरु गरेका मैना खत्री र गीता कार्कीले च्याउ बिक्री गरेर वार्षिक रु चार लाख कमाउन थालेपछि उनीहरुको सिको गरेर गाउँमा च्याउ खेतीको लहर नै चलेको छ । च्याउ बिक्री गरेर गत वर्ष म्याग्दीमा रु ६५ लाख आम्दानी भएको च्याउ कृषकले बताएका छन् ।

वैदेशिक रोजगारबाट फर्केका म्याग्दीका युवा पछिल्लो समय बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका छन् । जसको उदाहरण हुन् बेनी नगरपालिका–२ खबरका कर्णबहादुर खड्का ।

नौ वर्ष अरबको खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा रु ८० लाख गुमाएका खड्काले गाउँमा नै फर्केर बाख्रापालनव्यवसाय शुरू गरेका छन् ।

खड्काले साउदी, कतार र इराकमा नौ वर्ष पसिना बगाएर कमाएको रु ८० लाख अमेरिका जाने प्रयासमा डुबेपछि  गाउँमा नै फर्किएर बाख्रापालन व्यवसाय शुरू गरेका हुन् ।

चार वर्ष साउदी, तीन वर्ष इराक र दुई वर्ष कतार गरी नौ वर्ष विदेशी भूमिमा कमाएको पैसा अमेरिका जाने प्रयासमा सकिएपछि अमेरिकाको सपना बिर्सिएर गाउँकै व्यवसायमा खड्का रमाएका हुन् ।

खड्काले खाडी मुलुकमा कमाएको पैसाले बेनी र पोखरामा गरी तीन वटा घडेरी जोडेका थिए ।

 “म अमेरिका छिर्न लागेका बेला बोर्डरमा त्यहाँको प्रहरीले पक्राउ गर्‍यो, अनि त्यहीँबाट फर्काइ दियो,” उनले भने, “राम्रै भयो अहिले आफ्नै ठाउँमा पौरख गर्न पाएँ ।”

शुरुमा कुखुरा पालनबाट व्यवसाय थाले । तर यो व्यवसायबाट सोचेजस्तो भएन । कमाइको साटो उल्टो घाटा भयो । तर उनले हार खाएनन् । पहिलेदेखि नै आफूले गर्दै आएको बाख्रापालन गर्न थाले ।

खड्काले रु सात लाख बैंकमार्फत ऋण लिनुका साथै अन्य पैसा सरसापट गरी रु १५ लाखको लगानीमा बाख्रापालन व्यवसाय थाले ।

दिप्सन कृषि तथा पशुपक्षी फर्म दर्ता गरी शुरु गरेको व्यवसायमा अहिले  ४० स्थानीय र बोयर क्रस जातका बाख्रा छन् ।

खड्का जस्तै जिल्लाका ४० जना युवाले पछिल्लो समय बाख्रापालन व्यवसाय शुरु गरेका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । सबैभन्दा बढी मङ्गला गाउँपालिकाका युवा बाख्रा पालनतर्फ लागेको पाइएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x