×

NMB BANK
NIC ASIA

भूपू सैनिकको वीरता र समर्पणलाई कदर गर्छौं- प्रधानसेनापति थापा

चैत २५, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालका लागि तय भएको तेस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौँ, भक्तपुर र ललितपुरमा बसोबास गर्ने भूपू सैनिकलाई लक्षित गरी  उपत्यका पृतनामा आज आयोजित भूपू सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले भूपू सैनिकको वीरता र समर्पणको सङ्गठनले कदर गर्ने  विश्वास दिलाए । प्रत्येक सेनापतिको कार्यकालमा कम्तीमा एक पटक प्रदेशगत रूपमा सेनाले भूपू सैनिक सम्मेलन गर्दैै आएको छ ।
 
उनले भने, “भूपू सैनिक, एकल महिला र अरु हिताधिकारीको आर्थिक र सामाजिकरुपमा जीवनस्तर उकास्न कल्याणकारी कार्यक्रममा सेवाग्राहीको थप पहुँच विस्तारको प्रयत्न भइरहेको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्गठनको उद्देश्यअनुरुप नै भूपूसैनिक र एकल महिलाका प्रतिनिधिलाई कोभिड–१९ खोप प्रदान गर्ने कार्यको शुरुआत भइसकेको पनि उनले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा सेनाको व्यवस्थापनमा  भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नारामा सेनाले सम्मेलन गर्दै आएको छ ।

Vianet communication
Laxmi Bank

सकल दर्जाबाट अवकाश प्राप्त गरी सकेपछि पुनः रोजगारीका लागि विदेशिने अवस्थाको अन्त्य गरी स्वेदशमा नै स्वरोजगारीका अवसर सिर्जना गरी परिवारसँगै सुखमय जीवनयापनका लागि सेनाले सैनिक कल्याणकारी गतिविधिमार्फत सम्बोधनका लागि अधिकतम प्रयास गर्दै आएको पनि प्रधानसेनापति थापाले बताए ।

सो अवसरमा तीन जिल्लामा बसोबास गर्ने मध्ये ज्येष्ठ भूतपूर्व सैनिक १०० वर्षीय नरबहादुर बस्नेत र १०४ वर्षीया एकल महिला गङ्गादेवी थापामगरलाई सम्मान गरियो । समारोहमा चार वा सोभन्दा बढी सन्ततिलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने सात जना आमाबुबालाई सम्मान गरियो । कल्याणकारी कोषले सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल दत्तुप्रसाद तिमिल्सिना र भूपू सैनिक राजन खत्रीकी श्रीमतीलाई सम्मान गरेको थियो ।

 त्यस अवसरमा फरक क्षमता भएका र अशक्त चार जनालाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग प्रदान गरियो । लघुवित्त कार्यक्रमअन्तर्गत सहुलियत ब्याजदरमा कर्जा लिएर उद्योग व्यवसाय सञ्चालन गर्न चाहने महिलालाई सेनाले उद्यमशील कर्जाको चेक पनि हस्तान्तरण गर्‍यो ।

समारोहमा बलाधिकृतरथी प्रभुराम शर्माले लडाइँ, बढाइँ, जिम्मेवारी र शान्ति सेनामा खटिदाका सहयात्रीसँग सुखदुख बढ्न सकियोस् भन्ने उद्देश्यका खातिर विशिष्टकृत परम्पराका रुपमा भूपू सैनिक सम्मेलन गरिँदै आएको बताए । पूर्वरथी बालानन्द शर्माले भूपू सैनिकका चाहना, पीरमर्का, सुझाव र प्रस्तावलाई सीमित स्रोत साधनका अलवा सङ्गठनले विस्तार गरेका कल्याणकारी कार्यक्रम सह्रानीय रहेको बता ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी निर्देशक गौरव तण्डुलले कोषले महिला उद्यमीका लागि ज्यादै न्यून ब्याजदरमा कर्जा प्रवाह गरेकाले त्यसबाट लाभ लिन हिताधिकारीलाई सुझाव दिए ।

नेपाल राष्टिय भूपू सैनिक सङ्घका सभापति दीगम्बर शम्शेर राणाले कल्याणकारी कार्यक्रममार्फत भूपू सैनिक र एकल महिलाको जीवनस्तर उकास्न ठूलो योगदान पुगेको धारणा राखे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x