२० असार २०८३, शनिबार

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा

चैत २५, २०७७
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा

लुम्बिनीलाई पराजित गर्दै सुदुरपश्चिम प्रदेश राजधानीमा जारी ललितपुर मेयर्स कप टी-२० महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

अन्तिम लिग खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो ।

शनिबार हुने फाइनलमा सुदूरपश्चिमले नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

सुदुरपश्चिम दोस्रोपटक राष्ट्रिय स्तरको प्रतियोगिताको फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमलाई जित दिलाउने क्रममा लक्ष्मी साउदले ४ विकेट हात पारिन् । 

सुदूरपश्चिमको धारिलो बलिङसामु लुम्बिनी २० ओभरमा ९ विकेट गुमाएर ७२ रनमा समेटिएको थियो ।

७३ रनको विजयी लक्ष्य सुदूरपश्चिमले मात्र १२ ओभर ३ बलमा २  विकेट गुमाएर पूरा गर्‍यो ।

एकै ओभरमा ३ सहित कुल ४ विकेट लिएकी लक्ष्मी साउद म्यान अफ दी म्याच घोषित भइन् ।

salt training

कमेन्ट गर्नुहोस्