
नेपालमा कोरोनाका २ सय ९८ संक्रमित थपिएका छन् ।
४ हजार १ सय जनामा पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप १ हजार ४० जनामा एन्टीजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
उनीहरूलाई संक्रमण भए/नभएको यकिन गर्न भने पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने ७४ जना निको भएर घर फर्किएका छन् ।
कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार २ सय १ पुगेको छ ।