२८ जेठ २०८३, बिहीबार

महालक्ष्मी विकास बेैंकले गर्‍यो ६ लाख ७ हजार रुपैयाँ बीमा दावी भुक्तानी

महालक्ष्मी विकास बेैंकले गर्‍यो ६ लाख ७ हजार रुपैयाँ बीमा दावी भुक्तानी

 महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङले विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तर्गतको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम ६ लाख ७ हजार ५ सय रुपैयाँ हकवालालाई हस्तान्तरण गरेको छ ।

थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासी स्व. देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक क्रमशः रु. ५ लाख २५ हजार हकवाला कल्पना घर्ती र रु. ८२ हजार ५०० सय हकवाला रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरिएको थियो । 

उक्त कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरामा प्रष्ट पारेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्