×

NMB BANK
NIC ASIA

सामाजिक समितिबाट बाल संगठनको अध्ययन प्रतिवेदन पारित

चैत २५, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बुधवारको बैठकले नेपाल बाल संगठनको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन २०७७ पारित गरेको छ ।

Muktinath Bank

राष्ट्रिय निर्देशक ऐन २०१८ बमोजिम २०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनले असहाय र अभिभावकविहीन बालबालिकाको संरक्षणमा प्रभावकारी भूमिका निवाह गर्न नसकेको, आफ्नो स्वामित्वमा रहेको स्रोतसाधनको संरक्षण गर्न नसकेको, अख्तियारको दुरुपयोग गरेको, संरक्षित बालबालिकाका लागि प्राप्त सुविधा त्यहाँ संरक्षित बाहेकका बालबालिकालाई पनि उपलब्ध गराइएको लगायतका गुनासो समितिलाई प्राप्त भएपछि सभापति निरुदेवी पालको संयोजकत्वमा पटक–पटक गरिएको स्थलगत अध्ययन प्रतिवेदन पािरत गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभापति पालको अध्यक्षतामा भएको बैठकले पारित गरेको प्रतिवदेन अनुसार हाल नक्सालस्थित बाल मन्दिरमा ८५ बालबालिका रहेका, देशभर १० बाल गृह सञ्चालन भएका छन् भने ललितपुर, काभ्रे, दोलखा, कपिलवस्तु, म्याग्दी, मकवानपुर, गोर्खा र सर्लाहीमा गरी ३७८ बालबालिकाले आश्रय पाएका छन् ।


Advertisment
Nabil box
Kumari

देशका ७६ जिल्लामा नेपाल बाल संगठनको सम्पत्ति रहेको तथा संगठनले भोगचलन गरिरहेको तर दर्ता श्रेस्ता नभएका कारण अन्य सरकारी निकायले प्रयोग गर्न खोजेको तथा प्रयोग गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

बाल संगठनमा विकृति बढ्दै गएपछि २०७७ साउन १२ गतेको मन्त्रिपरिषद्को निर्णयले संगठनको पुरानो कार्यसमिति भंग गरी विद्या उपाध्याय न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । यसअघि समितिले नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्लाई बाल संगठनबारे प्राप्त जनगुनासोको सत्य तथ्य पत्ता लगाउन, तदर्थ कार्यसमितिलाई सकारात्मक कार्यका लागि उत्प्रेरित गर्न, दिइएका निर्देशनको पालनाको अवस्था अध्ययन तथा मूल्यांकन गर्न पनि निर्देशन दिएको थियो । 

समितिको निरन्तर अनुगमन र निर्देशनपछि अध्यक्ष न्यौपाने नेतृत्वको तदर्थ समितिले आश्रित बालबालिकाको खानपान, हेरचाह, आवासका साथै पठनपाठनको व्यवस्थामा सुधार गरेको छ । सरकारले घोषणा गरेको समान शिक्षा नीतिअनुसार नक्सालस्थित बाल मन्दिरमा संरक्षित सबै बालबालिका दरबार हाइस्कूलमा भर्ना भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x