
एपिएफ पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुष तर्फ फाइनल प्रवेश गरेको छ ।
एपिएफले यस अघिनै १५ अंकका साथ फाइनल प्रवेश गरेको टिपटप हेल्प नेपाल क्लबलाई ३ । ० ले पराजित गर्दै १३ अंकका साथ बुलबुले रारालाई पछाडी पार्दै फाइनल प्रवेश गरेको हो ।
बुलबुलेको ६ खेलबाट १२ अंक मात्र रहेको छ । भर्खरै प्राप्त जानकारी अनुसार एपिएफले ३ भारतिय खेलाडीलाई फाइनलका लागि विश्राम दिएको हेल्प नेपाललाई पहिलो सेटमा २५ । १८ ले पराजित गरेको छ । यस्तै दोश्रो सेटमा २५ । १८ ले र तेश्रो सेटमा २५ । २३ ले पराजित गरेको हो । यदि यस स्पर्धामा एपिएफ पराजित भएको खण्डमा बुलबुले रारा फाइनल प्रवेश गर्ने थियो ।
भोलिको खेल महिला तर्फ फाइनल न्यू डायमण्ड र पुलिस ११ ः ३० बजे । खेल समापन कार्यक्रम २ ः ३० बजे र प्रतियोगिताको पुरुष तर्फको हेल्प नेपाल र एपिएफ विचको खेल ३ ः ३० बजे बाट सुरु हुने कार्यक्रम रहेको छ ।