हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल पहाडी भूभागहरुमा आंशिक बदली रहेको भने केही स्थानहरूमा तुवाँलो लागेको अवस्था छ ।
महाशाखाका अनुसार बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ।
यस्तै प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति पनि पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
लोकान्तर संवाददाता