२५ असार २०८३, बिहीबार

माथिल्लो तामाकोशीः वैशाखभित्र सुरुङमा पानी

चैत २६, २०७७
माथिल्लो तामाकोशीः वैशाखभित्र सुरुङमा पानी

आन्तरिक परीक्षणको चरणमा रहेको माथिल्लो तामाकोसी  जलविद्युत्  आयोजनाको  मुख्य  सुरुङ  पेनस्टकमा  वैशाखको  दोस्रो सातादेखि  पानी  हालेर  परीक्षण  गरिने  भएको  छ।  अहिले  बाँध,  सुरुङ,  प्रसारण लाइन,  सबस्टेसनलगायतका  संरचनाका  सिभिल  र  मेकानिकलतर्फका  सानातिना काम भइरहेको आयोजनाले जनाएको छ।

 स्वदेशी  लगानीमा  निर्माणाधीन  ४५६  मेगावाटको  आयोजनाको  हाल हाइड्रोमेकानिकलतर्फका  केही  गेट  र  पेनस्टक  पाइपसँग  सम्बन्धित  केही कङ्क्रिटिङको  काम  मात्रै  बाँकी  छ।  बाँकी  रहेका  सानातिना  काम  सम्पन्न  गरी आगामी वैशाखको दोस्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइपजस्ता संवेदनशील संरचना तथा  गेट,  म्यानहोल  र  भल्भहरूको  प्राविधिक  परीक्षण  गर्ने  तय  भएको  नेपाल विद्युत्  प्राधिकरणका  प्रमुख  कार्यकारी  निर्देशक  हितेन्द्रदेव  शाक्यले  जानकारी दिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्