×

NMB BANK
NIC ASIA

प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

चैत २६, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ ।  

Muktinath Bank

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनसँग जोड्नका लागि विद्युत्को टावर निर्माण गर्नुपर्ने भएकाले विभिन्न स्थानमा गरी आयोजनाले साढे तेइस रोपनी जग्गा अधिग्रहण गरेको थियो । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई भरतपुरको सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारण लाइनसम्म जोड्नका लागि आयोजनाले जग्गा अधिग्रहण गरेको  आयोजनाका सहायक निर्देशक भोला शर्माले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दमौलीबाट भरतपुरसम्मको दूरीमा पर्ने सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारणको लाइनमा जोड्न ट्रान्समिटर प्रसारण लाइनका लागि २२० केभीको विद्युत् उत्पादन गरिएको उहाँले बताउनुभयो । आयोजनाले विभिन्न स्थानमा वनजङ्गल, जग्गालगायतका गरी उक्त जग्गा अधिग्रहण गरेको हो । उहाँले भन्नुभयो, “यसबाट प्रत्यक्ष प्रभावमा परेकालाई रु एक करोड ३१ लाख ३४ हजार ५१० मुआब्जा वितरण गरिनेछ ।” उहाँका अनुसार कृषि सहायतास्वरूप ५९ जनालाई रु रु २५ हजारका दरले र करिब ५७ जनालाई जोखिमयुक्त बस्तीअनुरुप क्षतिपूर्ति सहयोग गरिने प्रावधान रहेको छ । 


Advertisment
Nabil box
Kumari

जग्गा अधिग्रहणपश्चात् भरतपुरसम्मको प्रसारण लाइनको निर्माणको काम तीव्र गतिमा भइरहेको आयोजनाका सहायक निर्देशक शर्माले बताउनुभयो । विद्युत् टावर निर्माणको जग्गा अधिग्रहण गर्दा जिल्लाको व्यासनगरपालिका–१३ र १४ अन्तर्गत, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६ र देवघाट गाउँपालिकाको वडा नं ४ र ५ वडाका बासिन्दा प्रभावित भएका छन् ।  

Vianet communication
Laxmi Bank

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा गठित समितिले बुधबारदेखि मुआब्जा वितरण गर्ने तयारी थाले पनि गृहमन्त्रालयको निर्देशनपश्चात् वितरण कार्य रोकिएको छ । गृहमन्त्रालयले आयोजनाको नाममा जग्गा आएपछि मात्रै मुआब्जा वितरण गर्न निर्देशन दिएपछि मुआब्जा वितरण कार्य प्रभावित भएको जिल्ला प्रशासन कार्यालय तनहुँका लेखापाल पदमबहादुर थापाले जानकारी दिए । 

मन्त्रलालयको निर्देशनअनुरूपमा शुरुमा जग्गाधनीको लगत कट्टापश्चात् मात्रै सम्बन्धित व्यक्तिको खातामा पैसा जम्मा गर्ने व्यवस्था रहेको छ । सामुदायिक वनको लगत लिने र सामुदायिक वनले स्वीकृत दिनुपर्ने कार्य आयोजनाले यसअघि नै सम्पन्न गरिसकेको छ । 

आयोजना प्रभावित क्षेत्र   

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रलाई चार समूहमा विभाजन गरी निर्माण कार्य थालिएको छ । जिल्लाको साविकको झण्डै १८ वटा गाउँ विकास समिति प्रभावित हुने छन् । जलाशय क्षेत्रअन्तर्गत भीमाद, छाङ, माझकोट, ऋषिङ, रानीपोखरी, कोटदरबार, जामुने, साबुङभगवतीपुर, काँहुशिवपुर र व्यास नगरपालिका रहेका छन् । 

त्यसैगरी बाँध, विद्युत्गृह, पानी निष्कासन सुरुङ र स्वीच वार्ड काँहुशिवपुर र व्यास नगरपालिकामा रहने छ । आयोजनाको सुविधा संरचना (पहुँच मार्ग, बसोवास क्षेत्र, ब्याचिङ वार्ड) काँहुशिवपुर र व्यास नगरपालिकामा रहेको छ भने तल्लो तटीय क्षेत्र काँहुशिवपुर, पोखरीभञ्ज्याङ, केशवटार, धरमपानी, बैदी, छिपछिपे, देवघाट र देउराली रहेको छ । उक्त आयोजनाको लम्बाइ १८ किलोमिटर रहनेछ । पानीले भरिँदा पानीको अधिकतम सतह समुद्र सतहबाट ४१५ मिटर रहने छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x