मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
कक्षा ११ मा पढिरहेकी थिइन् अञ्जली शर्मा (नाम परिवर्तन) । कक्षामा राम्रै विद्यार्थीमध्येमा पर्थिन् । बुबाले प्लस टु सकेपछि राम्रो कलेज पढाउने वाचा गरेकै थिए तर चैत १ मा अञ्जली एकाएक हराइन् ।
जेठी छोरी काठमाडौंबाट अचानक हराएपछि परिवारमा भागदौड मच्चियो । बुबाआमाले तत्काल प्रहरीमा रिपोर्ट गरे, फोटो दिए । उनले बोक्ने गरेको मोबाइलसमेत घरमै थियो । अपहरणमा परिन् कि कसैले ललाइफकाई लग्यो भन्ने भयो । दुई सातासम्म पनि कुनै सुइँको फेला परेन तर चैत २१ मा शर्मा परिवारलाई भारतको नयाँदिल्लीबाट फोन गयो, ‘तपाईंकी छोरी दिल्लीमा सकुशल छिन् र सेल्टर होममा राखिएको छ ।’ त्यो खबरले शर्मा परिवारमा खुसीको सञ्चार भयो तर सबै आश्चर्यमा परे– छोरी कसरी एकाएक दिल्ली पुगिन् ?
दिल्लीस्थित नेपाली दूतावासमा भेटिएकी अञ्जलीका अनुसार घर छाडेदेखि दिल्लीसम्म यात्राको कथा यस्तो छ– काठमाडौंमा डेरा गरी बस्ने उनको परिवारलाई खान–लाउन दुःख थिएन । बुबाको व्यापार राम्रै चलेको थियो । भाइ, बहिनी र उनको पढाइ राम्रै चलिरहेको थियो । काठमाडौंकै एउटा प्लस टुमा अध्ययनरत थिइन् । जब उनले गएको फागुन दोस्रो साता भारतीय सुन्दरी मान्या सिंहका बारेमा थाहा पाइन्, उनको मन र मस्तिष्क खल्बलिन थाल्यो । जतिखेर पनि मान्याकै भिडियो हेर्न थालिन् । बिस्तारै घर छाडेर एक्लै संघर्ष गर्ने योजना बुन्न थालिन् । अन्ततः चैत १ मा उनी परिवारलाई स्कुल जान्छु भनेर घर छाडेर हिँडिन् । ‘मलाई मान्याले जस्तै आफ्नै खुट्टामा उभिएर संघर्ष गर्नुपर्छ र सफल बन्नुपर्छ भन्ने भूत सवार भएको थियो,’ उनले कान्तिपुरसँग भनिन् ।
आखिर को हुन् मान्या सिंह र कस्तो छ उनको संघर्षको कथा ? जसले अञ्जलीलाई घर छाड्न प्रेरित गर्यो । उत्तरप्रदेशको कुशीनगरकी मान्या सिंह फागुन दोस्रो साता फेमिना मिस इन्डियाको उपविजेता भइन् । पारिवारिक पृष्ठभूमि र संघर्षका कारणले उपाधि विजेताको भन्दा बढी चर्चा मान्याको भयो । हुन पनि मान्याले उपाधिलगत्तै सामाजिक सञ्जालमा उल्लेख गरेको संघर्षको कथा साँच्चिकै प्रेरणादायी छ । दुई छाकका लागि पनि संघर्ष गर्नुपर्ने परिवार । बुबा अटोरिक्सा चलाउँथे । शुल्क तिर्न नसक्दा उनको स्कुल नियमित थिएन ।
त्यसका बाबजुद पनि उनमा आफ्नो खुट्टामा उभिने र केही गरेर देखाउने हुटहुटी थियो । तिनै सपना पूरा गर्न भन्दै उनी १४ वर्षकै उमेरमा घर छाडेर मुम्बई पुगेकी थिइन् ।
मुम्बई पुग्नासाथ उनले पिज्जा हटमा काम पाइन् । मुम्बई पुगेको खबर दुई दिनपछि आफैंले बुबाआमालाई सुनाइन् । बुबाआमा रोएर बेहाल थिए । छोरीलाई तत्काल फर्काउन अभिभावक मुम्बई आए तर मान्याका सपना र त्यसका लागि लिएको अठोटका सामु बुबाआमाको जोड चलेन । बुबाले छोरीको संघर्षमा साथ दिन मुम्बईमै अटो चलाउने निष्कर्षमा पुगे । त्यसपछि बुबाको कमाइले मान्याको पढाइ राम्रै स्कुलमा हुन थाल्यो । मान्या पनि धेरथोर कमाउँथिन् । एकाएक उनको ध्यान मिस इन्डिया प्रतियोगिताले तान्यो । उनीभित्र केही नयाँ गर्नुपर्छ भन्ने थियो । उनले प्रतियोगितामा भाग लिन आवेदन दिइन् तर छानिइनन् । अन्य प्रतियोगितामा सहभागी हुने उनको चाहना पनि विभिन्न कारणले पूरा भएनन् तर उनले हार मानिनन् । बुबाले पनि हौसला दिइरहे ।
गएको मंसिरमा उनले फेरि एकपटक मिस इन्डियाका लागि आवेदन दिइन् । यसपटक भने उनी छनोट मात्र भइनन्, उपविजेताको ताजसमेत पहिरन सफल भइन् । उपाधि हात पारेपछि मान्याको संघर्षपूर्ण कथा बाहिर आयो । सञ्चारमाध्यमहरूले पनि उनको कथालाई प्राथमिकतासाथ छापे र प्रसारण गरे । युट्युबमा उनको संघर्षमाथि रातारात दर्जनौं भिडियो तयार भए । सामाजिक सञ्जालमा पनि भाइरल बन्यो उनको कथा । इन्स्टाग्राम, फेसबुक, ट्वीटरमा उनलाई पछ्याउन युवापुस्ताबीच हानाथाप सुरु भयो । युवाले मान्याको संघर्ष र सफलतालाई प्रेरणाका रूपमा लिन थाले
अञ्जली तिनैमध्ये एक थिइन्, जसमाथि मान्याको संघर्ष र सफलताको प्रभाव बढी नै पर्यो । घर छाडेपछि केही दिन परिवारले थाहा नपाउने गरी काठमाडौंकै एउटा रेस्टुराँमा काम गरिन् । उनले स्कुलको शुल्क तिर्नुछ भनेर रेस्टुराँका मालिकसँग चार हजार रुपैयाँ मागिन् । काठमाडौंबाट दिल्लीसम्म बस चल्छ भन्ने उनलाई पहिले नै थाहा थियो । टिकटका लागि रेस्टुराँबाट पाएको पैसा पर्याप्त थियो । स्वयम्भूबाट त्यही बस चढिन् । सुनौली नाकामा बस फेर्नुपर्थ्यो । नाकामा सोधपुछ गर्दा आफू पढ्न जान लागेको बताइन् । र, आफूसँग भएका सर्टिफिकेट देखाइन् । बसले भोलिपल्ट उनलाई दिल्लीमा ओरालिदियो । उनका लागि दिल्ली पूरै अपरिचित सहर थियो । उनले खाली नयाँदिल्ली भन्ने सुनेकी रहिछन् । ट्याम्पोले उनलाई नयाँदिल्ली रेल्वे स्टेसनसम्म पुर्याइदियो ।
दिल्लीको भीड र होहल्ला देखेर उनको होस उड्यो । मान्याको कथामा सुनेजस्तो थिएन त्यो सहर, न त कतै पिज्जा रेस्टुरेन्ट नै थिए । आँखाबाट आँसु बग्न थाल्यो । खुट्टा लगलग काँप्न थाले । भोकको त कुरै भएन । केही बेरपछि उनी कलावती अस्पताल अगाडि थिइन् । अस्पतालकै अगाडि भण्डारा लागेको रहेछ । त्यहाँ खाना मागेर खाइन् । छेउकै एउटा चिया पसले महिलाले सोधपुछ गर्दा उनले नेपालबाट आएको र केही काम गर्दै कलेज पढ्न चाहेको बताइन् तर पसलेले पत्याइनन् । उनले शंका लागेर तत्कालै दिल्ली महिला आयोगमा खबर गरिदिइन् । तत्कालै आयोगकी प्रतिनिधि आशा शर्मा त्यहाँ आइपुगिन् । शर्माले मानव तस्करी र चेलीबेटी बेचबिखनका घटना र जोखिमका बारेमा बताएपछि मात्र आफू ठूलो संकटबाट बचेको भन्ने उनले थाहा पाइन् । ‘त्यतिबेला मात्र मलाई यसरी लहडमा हिँड्दा ठूलो जोखिम हुँदो रहेछ भन्ने थाहा भयो,’ उनले भनिन् । अब आफू चाँडोभन्दा चाँडो घर फर्कन चाहेको र परिवारलाई भेट्न चाहेको उनको भनाइ थियो ।
अहिले उनलाई दिल्ली महिला आयोगको संरक्षणमा राखिएको छ । र, दिल्ली दूतावासको समन्वयमा काठमाडौं फर्काउने प्रक्रिया सुरु भइसकेको छ । अञ्जलीको उद्धार प्रक्रियामा संलग्न केआई नेपालका नवीन जोशीका अनुसार कानुनी प्रक्रिया पूरा हुनासाथ उनलाई नेपाल फर्काइनेछ । दूतावासका काउन्सिलर वरिष्ठ प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले समयमै उद्धार भएकाले ठूला दुर्घटना टरेको बताए । ‘उनको कुरा सुन्दा त ठूलो दुर्घटना टरेको हो,’ बस्यालले भने ।
त्यसैगरी आयोगकी प्रतिनिधि आशा शर्माले पनि मानव तस्करहरूको बिगबिगी भएका बेला अञ्जली सुरक्षित उद्धार हुनु ठूलो कुरा भएको बताइन् । उनले यस्ता घटना हुन नदिन अभिभावकले पनि छोराछोरीका मनमा के–कस्ता कुरा खेलिरहेका छन् भन्नेतर्फ ध्यान दिनुपर्ने बताइन् । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...