अहिले मानिसहरू मांसाहार त्यागेर शाकाहारतर्फ आकर्षित भइरहेको भए पनि ढुंगे युगमा हाम्रा पूर्खाहरू उम्दा शिकारी भएको अध्ययनले देखाएको छ ।
खानाका लागि शिकारमै निर्भर रहनुपर्ने भएकाले लगभग २० लाख वर्षसम्म मानिसले धेरैजसो मासु नै खाए ।
इजरायलको तेल अभिभ विश्वविद्यालयका अनुसन्धाताहरूले यो खुलासा गरेका हुन् ।
मानवशास्त्रीहरू तथा अन्य विधाका विज्ञहरूले मिलेर अध्ययन गरेका हुन् । यसका लागि एक ऐतिहासिक पुनर्निर्माण नमूना बनाइयो । हाम्रा पूर्वजहरू खानपानका विषयमा कत्तिको लचिलो थिए भन्ने पत्ता लगाउनका लागि त्यसो गरिएको थियो ।
पूर्वजहरू ठूला जनावरको शिकार गर्थे अनि मांसाहारसँगै अलिकति सागसब्जी पनि खान्थे ।
ढुंगे युगमा ठूला जनावरको धेर शिकार गरेकाले मेगाफाउनाका प्रजातिहरू घटेको अनि बल्ल पनि पूर्वजहरू शाकाहारतर्फ फर्केको बताइएको छ ।
पृथ्वीमा प्राकृतिक विपत आएपछि अनि परिस्थितिहरू मानिसको प्रतिकूल बन्दै जान थालेपछि मानवहरूले बिरुवा रोप्न थाले । त्यसका साथै पूर्खाहरूको किसान बने ।
अमेरिकन फिजिकल एन्थ्रोपोलोजी एसोसिएसनका विज्ञ डा मिकी बेन–डोरका अनुसार, पुरातात्त्विक प्रमाणहरूलाई हेर्दा हाम्रा पूर्खाहरू मांसाहारबाट शाकाहारतर्फ आएको कुरालाई काट्न सकिन्न ।
ढुंगेयुगको अन्त्यतिर बोटबिरुवा मानिसहरूको खानपानको अंग बनेको थाहा हुन आएको मिकीको भनाइ छ ।
मानिसहरूको मेटाबोलिजम, जेनेटिक्स र शारीरिक बनावटका आधारमा निस्केका परिणाम आश्चर्यजनक भएको अनुसन्धाताहरू बताउँछन् ।
एउटा प्रमाण मानिसहरूको पेटमा उत्पन्न हुने एसिडबाट जुटाइएको डा मिकी बेन–डोरको भनाइ छ । अन्य जीवको तुलनामान मानिसको पेटमा बढी एसिड हुन्थ्यो अर्थात् मासु पचाउनका लागि बढी एसिड आवश्यक हुन्थ्यो ।
अनि पूर्खाहरूको हाडको अनुसन्धान गर्दा उनीहरू ठूला र मध्यम आकारका जीवको शिकार गर्थे भन्ने देखिन्छ । मानिसको स्टेबल आइसोटोप्समा उपलब्ध कार्बन र नाइट्रोजनका अणु कहिले पनि नष्ट हुँदैनन् । तिनको विश्लेषण गर्दा त्यतिखेरको जलवायु, खानापान तथा हाडहरूको भौगोलिक विभाजन पत्ता लाग्थ्यो ।