२८ असार २०८३, आइतबार

उत्तरी आयरल्यान्डमा तनाव जारी, दुईतल्ले बसमा आगजनी (भिडियो)

चैत २६, २०७७
उत्तरी आयरल्यान्डमा तनाव जारी, दुईतल्ले बसमा आगजनी (भिडियो)

उत्तरी आयरल्यान्डको राजधानी बेल्फास्टमा दुईतल्ले बसमा विरोधकर्ताहरूले आगजनी गरेपछि पूर्णतः नष्ट भएको छ । उक्त क्षेत्रमा विगत एक सातादेखि तनावको स्थिति छ । 

सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा मानिसहरूले बसमा पेट्रोल बम हानेको देखिन्छ । त्यतिखेर चालक बसभित्रै थिए र गाडी शानकिल रोड जाँदै थियो । भीडले गाडीलाई नियन्त्रणमा लिन खोजेको थियो । 

उत्तरी आयरल्यान्डका प्रथम मन्त्री आर्लिन फोस्टरले घटनाको निन्दा गर्दै ट्वीट लेखे, ‘यो विरोध प्रदर्शन हैन । यो ध्वंस र ज्यान मार्ने उद्योग हो ।’

प्रहरीका अनुसार, लानार्क वेको इन्टरफेस गेट्समा ढुंगा फालिएका थिए र फोहर राख्ने भाँडामा आगो लगाइएको थियो । 
 

बेल्फास्ट नजिक कारिकफेर्गस शहरमा पनि दंगा भएका थिए । 

सिन फाइन पार्टीका राजनीतिकर्मीहरूले प्रोभिजनल आइरिश रिपब्लिकन पार्टीका एक स्वयंसेवीको अन्त्येष्टिमा सहभागी बनेको विषयले तनाव जन्माएको हो । उनीहरूलाई अभियोजन गर्नुपर्ने मागलाई बेवास्ता गरिएको थियो । 

अनि संयुक्त अधिराज्यले युरोपेली संघसित गरेको ब्रेक्जिट सम्झौताको एक महत्त्वपूर्ण प्रावधानका विषयमा पनि तनावको स्थिति छ । 
 

salt training

कमेन्ट गर्नुहोस्