२० असार २०८३, शनिबार

राष्ट्रपतिको अपिल– 'डढेलो नियन्त्रणमा सबै क्रियाशील हुनुपर्‍यो'

राष्ट्रपतिको अपिल– 'डढेलो नियन्त्रणमा सबै क्रियाशील हुनुपर्‍यो'
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रणमा जनप्रतिनिधि, विज्ञ र प्रकृतिप्रेमीहरूलाई अपिल गरेकी छन् ।

बिहीवार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले प्रदुषणको कारण बनेको डढेलो न्यूनीकरणका लागि सबैलाई अपिल गरेकी हुन् ।

'जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धूलोधूवाँ आदिबाट देशैभर वायु प्रदुषण बढ्नु चिन्ताको विषय हो। डढेलो नियन्त्रण गर्दै वायु प्रदुषण न्यूनीकरणका लागि पहल गर्न सबै तहका जन प्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमी सबैमा आह्वान गर्दछु,' भण्डारीले लेखेकी छन् ।

हेर्नुहोस्, राष्ट्रपति भण्डारीको ट्वीट :

salt training

कमेन्ट गर्नुहोस्