×

NMB BANK
NIC ASIA

चार मन्त्रीको सांसद पद गएपछि उपनिर्वाचन गर्नुपर्ने अवस्था, निर्वाचन आयोगलाई पत्राचार गर्दै संसद् सचिवालय

चैत २६, २०७७

NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा लागेका ४ मन्त्री सांसद पदबाट पदमुक्त भएका छन् ।

Muktinath Bank

सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दल त्याग गरेको भनी माओवादीले पठाएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकमा पेश गरेपछि चारै जनाको पद रिक्त भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रायमाझी अर्घाखाँची, भट्ट कैलाली ४, चौधरी कैलाली ३ र साह रौतहट ३ बाट निर्वाचित भएका थिए ।


Advertisment
Nabil box
Kumari

यी चारवटै क्षेत्र रिक्त भएको जानकारी संसद् सचिवालयले निर्वाचन आयोगलाई छिट्टै पठाउने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

Vianet communication

प्रत्यक्ष निर्वाचित सांसदहरूको पद रिक्त भएको अवस्थामा उपनिर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

'आज प्रतिनिधि सभाको बैठकबाट प्रतिनिधिसभामा बहाल रहेका चारजना सदस्यहरूको पद रिक्त भएको सूचना जारी भएको छ । यो सूचनासँगै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने चारजना सदस्यको पद रिक्त भएको छ । यस सम्बन्धमा यो पद रिक्त भएको सूचना निर्वाचन आयोगलाई सचिवालयले लेखेर उपलब्ध गराउँछ । यसैगरी मन्त्रिपरिषद्लाई पनि जानकारी गराउँछ,' धमलाले भने ।

उनले ६ महिनाभन्दा बढी कार्यकाल रहेको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था रहेको बताए ।

'प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी भएको अवस्थामा उपनिर्वाचनबाट त्यस्तो पदपूर्ति गर्ने भन्ने व्यवस्था छ र प्रतिनिधि सभाको अहिले ६ महिना भन्दा बढी कार्यकाल रहेको छ । त्यसैले रिक्त रहेका चारजना सदस्यको पद उपनिर्वाचनमार्फत पूर्ति हुने व्यवस्था छ । यसको सम्बन्धमा निर्वाचन आयोगले मिति निर्धारण गर्छ र त्यो मितिमा उप–निर्वाचन हुन्छ र त्यो उप–निर्वाचनमार्फत नै ती पदहरू पूर्ति हुने व्यवस्था छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x